जापान । अमेरिकी राष्ट्रपति ट्रम्प र जापानका अर्थ, व्यापार तथा उद्योग मन्त्री ताकाइची सानाएबीच द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने उद्देश्यले विभिन्न सम्झौताहरूमा हस्ताक्षर भएको छ।
यीमध्ये एउटा सम्झौता दुर्लभ खनिज (Rare Earths) तथा अन्य महत्वपूर्ण खनिजहरूको आपुर्ति श्रृंखला (supply chain) लाई बलियो बनाउने सम्बन्धी छ । चीनले दुर्लभ खनिजको निर्यातमा नियन्त्रण लगाएसँगै अमेरिका-चीनबिच विवाद बढिरहेको बेला यी दुई सहयोगी राष्ट्रहरूबिचको यो समन्वय निकै महत्वपूर्ण मानिएको छ ।
जापानी सञ्चारमाध्यमका अनुसार जापान र अमेरिकाबिच भएका अन्य सम्झौताहरूमा निम्न कुराहरू समावेश छन्:
अलास्कामा तरल प्राकृतिक ग्यास (LNG) को विकासमा सहकार्य गर्ने ।
रुसी एलएनजीको आयात रोक्ने ।
जापानले अमेरिकाबाट भटमास (Soybean) आयात गर्ने ।

Photo: Social Media
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend