अबुजा – मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।
दुर्घटना नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा भएको थियो। संघीय सडक सुरक्षा विभागका सेक्टर कमान्डर आइशातु साडुका अनुसार ट्याङ्कर पल्टिएपछि स्थानीय बासिन्दाहरू पेट्रोल निकाल्न जम्मा भएका बेला अचानक ट्याङ्कर विस्फोट भएको हो।
प्रारम्भिक अनुसन्धानले विस्फोटमा परी ३५ जनाको ज्यान गएको र ४५ जना घाइते भएको देखाएको सादुले बताउनुभयो। उहाँका अनुसार घाइतेमध्ये धेरै गम्भीर रूपमा जलेका छन् र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले मङ्गलबार राति एक विज्ञप्ति जारी गर्दै यस त्रासदीलाई ‘चिन्ताजनक, दुर्भाग्यपूर्ण र दयनीय’ घटना भन्नुभएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend