बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

फिप्नाको वृहत् आदिवासी जनजाति सांस्कृतिक साँझ सम्पन्न

फिप्नाको वृहत् आदिवासी जनजाति सांस्कृतिक साँझ सम्पन्न

63
Shares
63
Shares

न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को वृहत् आदिवासी जनजाति सांस्कृतिक साँझ भव्य रूपमा सम्पन्न भएको छ।

शुक्रवार न्युयोर्कको वुडसाईड स्थित गुलशन टेरेश हलमा १८ वटा फिप्नाका सदस्य संस्थाहरू र विभिन्न नेपाली संघ तथा संस्थाहरूको उपस्थितिमा उक्त सांस्कृतिक साँझ सम्पन्न भएको हो।

कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरूले आ-आफ्नो संस्कृति झल्किने जनजाति भेषभुषा सहित सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनजाति आदिवासीहरूको लागी मात्र नभएर सम्पुर्ण उत्पीडित जातजाति र समुदायको समान हक र अधिकारको लागी उभिनु हो भन्ने कुरा फिप्ना वरिष्ठ उपाध्यक्ष पेमा लामाले बताउनु भयो ।
सो कार्यक्रममा १८ वटै फिप्नाका सदस्य संस्थाहरूले गरेको अतुलनीय योगदानको कदर गर्दै यही जुलाई ९ तारिखको दिनमा हुने आदिवासी जनजाति दिवस कार्यक्रममा पनि सबै जनजाति संस्थाहरू र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उपस्थिति जनाई कार्यक्रम सफल बनाउन फिप्ना अध्यक्ष तोरण गुरुङले आग्रह गर्नुभयो ।

कार्यक्रममालाई सफल बनाउन स्पन्सर, स्वयंसेवक र फिप्नाका १८ सदस्य संस्था तथा कलाकारहरूलाई फिप्ना अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राईको हातबाट विशेष सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रमको पहिलो औपचारिक कार्यक्रम सन्चालन फिप्नाका महासचिव दीपक चौधरी र सचिव दाजीमा शेर्पाले गर्नुभएको थियो भने, दोस्रो सेसन सांस्कृतिक कार्यक्रमको सन्चालन महिला उपाध्यक्ष ममता राई र सचिव दाजीमा शेर्पाले गर्नु भएको थियो ।
उक्त कार्यक्रम मा उपस्थित अतिथिहरूलाई क्षेत्रीय उपाध्यक्ष पूर्णबहादुर पाइजा मगर र कोषाध्यक्ष कृष्णमाया महर्जनले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सफल बनाउन आदिवासी जनजाति १८ वटा सदस्य संस्थाहरू, विभिन्न प्रायोजकहरू, स्वयम् सेवकहरू, फिप्ना कार्य समितिहरूलाई हार्दिक धन्यावाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषणा अध्यक्ष तोरण गुरुङले गर्नु भएको थियो ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend