वासिङ्टन डिसी । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष जोहानस जुटबीच सोमबार संयुक्त राज्य अमेरिकामा भेटवार्ता भएको छ।
अमेरिकास्थित नेपाली राजदुतावासका अनुसार, भेटवार्ताका क्रममा नेपालमा विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न विकास कार्यक्रमहरूको समीक्षा गरिनुका साथै भविष्यमा हुने सहकार्य र साझेदारीका विषयमा विस्तृत छलफल भएको थियो ।
भेटघाटका अवसरमा अमेरिकाका लागि नेपालका राजदुत लोकदर्शन रेग्मी, दुतावासका प्रतिनिधिहरू, अर्थमन्त्री खनालको भ्रमणदलका सदस्यहरू तथा विश्व बैंकका विभिन्न परियोजनाका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।
अर्थमन्त्री खनाल विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा भाग लिन आइतबार वासिङ्टन डिसी आइपुगेका हुन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend