कोलोराडो । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी.सी.स्थित नेपाली दुतावासको आयोजना र कोलोराडोका स्थानीय संघसंस्थाहरूको सहकार्यमा सञ्चालित तीन दिने राहदानी र गैर-आवासीय नेपाली (एनआरएन) कार्ड सेवा शिविर सफलतापुर्वक सम्पन्न भएको छ ।

दुतावासको यो शिविरबाट कुल ५२९ जनाले सेवा प्राप्त गरेका छन् । प्राप्त तथ्याङ्क अनुसार ५०५ जनाले राहदानी र २४ जनाले एनआरएन कार्ड सम्बन्धी सेवा लिएका हुन् ।
सेवाग्राहीको विवरण निम्नानुसार रहेको छ:
पहिलो दिन: १५७ राहदानी र ४ एनआरएन कार्ड
दोस्रो दिन: १६२ राहदानी र ११ एनआरएन कार्ड
तेस्रो तथा अन्तिम दिन: १८६ राहदानी र ९ एनआरएन कार्ड
कुल ५०५ राहदानी र २४ एन आर एन कार्ड
शिविरको समापनको क्रममा, लन्च ब्रेकको समयमा स्वयंसेवकहरू (भोलेन्टियर) को योगदानको कदर गर्दै प्रशंसापत्र हस्तान्तरण गरिएको थियो । हेल्पिङ ह्यान्ड्सका अध्यक्ष नारायण श्रेष्ठ र नेपाली दुतावास वासिङ्टन डी.सी.की काउन्सिलर अरुणा घिसिङले संयुक्त रुपमा नेपाली घरका अध्यक्ष बसन्त लम्साल र एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष चन्द्र गुरुङलाई उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । पछि उक्त प्रमाणपत्रहरू नेपाली घरका अध्यक्ष बसन्त लम्साल, उपाध्यक्ष गंगा चौलागाई तथा पुर्व अध्यक्ष जगदीश ढकालले वितरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली घरका अध्यक्ष वसन्त लम्सालले सम्पुर्ण सहभागी, सेवाग्राही, स्वयंसेवक आदिलाई स्वागत गर्दै सफलतापुर्वक शिविर सम्पन्न गर्न सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै, हेल्पिङ ह्यान्ड्सका अध्यक्ष नारायण श्रेष्ठले पनि शिविरमा सहयोग गर्ने सबै पक्ष तथा एम्बेसिका कर्मचारझरुलाई धन्यवाद दिनुभयो ।

दुतावासबाट आउनुभएकी काउन्सिलर अरुणा घिसिङले शिविरको सफलतामा महामहिम राजदुत तथा डीसीएमको प्रेरणा र दुतावास टिमको जिम्मेवारी बाँडफाँडको ठुलो योगदान रहेको बताउनुभयो ।
उहाँले शिविर सञ्चालनका क्रममा तत्काल यात्रा गर्नुपर्ने र राहदानी हराएका व्यक्तिहरूको समस्या जस्ता केही चुनौतीहरू आए पनि दुतावासको टोलीले तिनलाई समाधान गर्न भरपुर प्रयास गरेको जानकारी दिनुभयो ।

काउन्सिलर घिसिङले दुतावास र स्थानीय सङ्घसंस्था तथा समुदायको प्रत्यक्ष-अप्रत्यक्ष सहयोग र सहकार्य अत्यन्त महत्त्वपुर्ण रहेको भन्दै सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले स्थानीय आतिथ्य र अद्भुत सहकार्य विना यो क्याम्प यति सफल नहुने बताउनुभयो । विशेष गरी रातदिन खटिने स्वयंसेवकहरूलाई विशेष धन्यवाद दिँदै उहाँले उनीहरूको असाधारण योगदान, मेहनत र समर्पणका लागि टिमको तर्फबाट उच्च प्रशंसा गर्नुभयो । उहाँले अन्तमा दुतावासको टिमका सम्पुर्ण सदस्यहरूलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।
शिविरमा खटिएका स्वयंसेवकहरूका लागि कोलोराडोस्थित नेपाली रेस्टुरेन्ट व्यवसायी तथा अन्य संघ सस्थाहरूले खाना, खाजा तथा चिया निःशुल्क उपलब्ध गराएर सहकार्य गरेका थिए । जसनुसार;
Sponser Names:
Tamu Pye Lhu Sangh (Water Sponsor)
Food Sponser Names:
Jewel of India
Sherpa Chai
Sherpa Adventure
Tiffins Restaurant
Big Daddy Pizza
Zaika Restaurant (Basant Lamsal)
Yak & Yeti (Dinesh Bhattarai)
Gundruk Restaurant (Utsav Ganga Pant)
Reau Thai Restaurant
Funky Buddha
Bada Bing Grill (Sajal KC Realtor ReMax)
Curry Grill II (Suman KC)
Raj Dhungona (NRNA Colorado Past President)
Dr. Sharada Tripathi (Revive Medical Wellness)
Bhupendra Mahat (Zeika, Denver Downtown)
कार्यक्रमको सहयोगका लागि निम्न महानुभावहरूबाट जम्मा $२,४६०.०० (दुई हजार चार सय साठी डलर) सहयोग प्राप्त भएको छ ।


© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend