बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ट्रम्पको युट्युब खाता निलम्बन मुद्दामा $२ करोड ४५ लाखको समझौता

ट्रम्पको युट्युब खाता निलम्बन मुद्दामा $२ करोड ४५ लाखको समझौता

47
Shares
47
Shares

वासिङ्टन डीसी । गुगलको स्वामित्वमा रहेको भिडियो प्लेटफर्म युट्युब जनवरी ६, २०२१ को क्यापिटल हमलापछि राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता निलम्बन गरेको विषयमा दायर भएको मुद्दा सुल्झाउन $२ करोड ४५ लाख (२४.५ मिलियन डलर) तिर्न सहमत भएको छ ।

सोमबार अदालतमा पेश गरिएको कागजात अनुसार, समझौता रकममध्ये $२ करोड २० लाख (२२ मिलियन डलर) ट्रम्पले नेशनल मल ट्रस्ट र ह्वाइट हाउस बलरूम निर्माणका लागि योगदान गर्नेछन् । बाँकी रकम अन्य वादीहरूलाई दिइनेछ ।

यो समझौतासँगै युट्युब, ट्रम्पले आफ्नो पहिलो कार्यकालको अन्त्यपछि ‘अन्यायपुर्ण रूपमा मुख बन्द गरेको’ आरोप लगाउँदै दायर गरेका मुद्दामा मेटा ($२ करोड ५० लाख) र X (पहिले ट्विटर, $१ करोड) पछि समझौता गर्ने तेस्रो ठुलो प्रविधि कम्पनी बनेको छ ।

गुगलले यो समझौताले दायित्व स्वीकार गरेको नमानिने प्रस्ट पारेको छ र यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेको छ । ट्रम्पको युट्युब खाता भने २०२३ देखि नै पुनर्स्थापित भइसकेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend