बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

गाजा शान्ति योजनामा ट्रम्प र नेतन्याहुको सहमति

गाजा शान्ति योजनामा ट्रम्प र नेतन्याहुको सहमति

40
Shares
40
Shares

इजरायल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु गाजाका लागि नयाँ शान्ति योजनामा सहमत भएका छन्। दुवै नेताले यो योजना तत्काल स्वीकार गर्न हमासलाई कडा चेतावनी दिएका छन् ।

यो योजनाले सैन्य कारबाही तुरुन्त रोक्न प्रस्ताव गरेको छ। यसअनुसार, हमासले ७२ घण्टाभित्र जीवित २० इजरायली बन्धक र मृत घोषित गरिएका दुई दर्जनभन्दा बढी बन्धकहरूको अवशेष रिहा गर्नुपर्नेछ। यसको बदलामा, इजरायलले सयौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।

ह्वाइट हाउसमा भएको वार्तापछि ट्रम्पले यस योजनालाई “शान्तिका लागि ऐतिहासिक दिन” भन्दै प्रशंसा गरे। तर, उनले हमासले योजना नमान्ने वा पालना नगरेको खण्डमा इजरायललाई “हमासको खतरालाई नष्ट गर्ने काम पूरा गर्न” अमेरिकाको पुर्ण समर्थन रहने स्पष्ट पारे । प्रधानमन्त्री नेतन्याहुले पनि हमासले अस्वीकार गरेमा इजरायलले “काम पुरा गर्ने” दोहोर्‍याए ।

योजनाका मुख्य बुँदाहरू यसप्रकार छन्:
बन्दी साटासाट: जीवित बन्धक र मृतकको अवशेषको सट्टा सयौं प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिने।
शासन परिवर्तन: गाजाको शासनमा हमासको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै भूमिका अन्त्य गरिने।
अन्तर्राष्ट्रिय निगरानी: गाजाको अस्थायी शासन ‘बोर्ड अफ पिस’ नामक नयाँ अन्तर्राष्ट्रिय निकायले चलाउने, जसको नेतृत्व ट्रम्पले गर्नेछन्।
सैन्य गतिविधि: तत्काल युद्धविराम गरी हमासका हतियार, सुरुङ र उत्पादन केन्द्रहरू नष्ट गरिने।
भविष्यको राज्य: यस योजनाले अन्ततः स्वतन्त्र प्यालेस्टाइन राष्ट्र गठनको सम्भावनालाई खुला राखेको छ।
इजरायली प्रतिबद्धता: इजरायलले गाजालाई कब्जा वा विलय नगर्ने र आफ्ना सेनाहरूलाई चरणबद्ध रूपमा फिर्ता गर्ने।

प्यालेस्टिनी अथोरिटीले भने यो अमेरिकी प्रयासको स्वागत गर्दै युद्ध अन्त्य गर्न, मानवीय सहायता सुनिश्चित गर्न र बन्धक तथा बन्दीहरूलाई रिहा गर्न अमेरिका र क्षेत्रीय साझेदारहरूसँग काम गर्ने प्रतिबद्धता जनाएको छ।

स्मरण रहोस्, अक्टोबर २०२३ यता इजरायली आक्रमणमा गाजामा कम्तिमा ६६,०५५ जना मारिइसकेका छन्। हमासले भने आफ्नो हतियार “रेड लाइन” भएको र १९६७ को सिमानामा स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना नभएसम्म हतियारबारे छलफल नहुने अडान दोहोर्‍याएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend