बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सन्दीप लामिछानेको कान्तिपुर टिभीलाई प्रश्न: “कहिले सुध्रिन्छौ यार ?

सन्दीप लामिछानेको कान्तिपुर टिभीलाई प्रश्न: “कहिले सुध्रिन्छौ यार ?

107
Shares
107
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले आफुविरुद्ध आएको समाचारलाई लिएर कान्तिपुर टिभी एचडीलाई कडा प्रश्न गरेका छन् । वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० आई खेलमा आफु वैकल्पिक खेलाडीको सुचीमा समेत नपरेको विषयमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत उक्त प्रश्न उठाएका हुन् ।

सन्दीपले आफु यस्ता कुरामा वास्ता नगर्ने बताए पनि कान्तिपुरलाई लक्षित गर्दै “खासै म यस्ता कुरामा वास्ता गर्दिनँ, तर एउटा प्रश्न छ—कहिले सुध्रिन्छौ यार, Kantipur TV HD?” भन्दै प्रश्न गरेका छन्। उनले अहिलेसम्म पनि यही कुरालाई ठुलो विषय बनाइरहनु र यस्तो अवस्थामा पनि सुध्रिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सन्दीपले समाचारको सत्यतामाथि नै प्रश्न उठाउँदै भनेका छन्, “त्यस्तो कुरा हो भने प्रमाणसहितको स्रोत मेरो अगाडि ल्याउनुहोस्।” उनले आफुले “Naasa Securities” को लोगो लगाएर खेल्दिनँ भनेको समाचारको खण्डन गर्दै तर्क दिएका छन्: “Naasa Securities’ लगाएर खेल्दिन भनिएको भए, अस्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त ? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ ।” यसले आफुले प्रायोजकको लोगोका कारण नखेलेको भन्ने आरोप गलत रहेको उनको भनाइ छ ।

सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौतासम्बन्धी विवाद आफ्नो ‘व्यक्तिगत विषय’ भएको स्पष्ट पारेका छन् । उनले त्यसको समाधान आफुले आफैँ गर्ने भन्दै मिडियालाई त्यसमा ‘त्यति चासो देखाएर हावामा समाचार’ नबनाउन आग्रह गरेका छन् ।

अन्तमा, उनले मिडियालाई अझै पनि नेपालको एक अग्रणी सञ्चारमाध्यम भनेर सम्मान गर्ने बताउँदै, “समय अझै छ—बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुस् । तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु,” भन्दै चेतावनीसहितको अनुरोध गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend