वाशिंगटन, सियाटल, अमेरिका । अमेरिकाको उत्तर पश्चिममा रहेको वाशिंगटन राज्यमा बसोबास गर्ने नेपाली समुदायले आफ्नो धर्म, संस्कार र सांस्कृतिक पहिचान जगेर्नाका लागि सामुदायिक भवन खरिद गर्ने अभियान सुरु गरेको छ। खरिद गर्न लागिएको केन्द्र मेपल भ्यालीमा रहेको छ (21255 Renton-Maple Vly Rd, Maple Valley, WA 98038) । यसमा करिब पाँच एकर क्षेत्रफल र दुई तले घर समेत रहेको छ।
सामुदायिक केन्द्र खरिद प्रक्रिया आगामी अक्टोबर २० तारिखभित्र सम्पन्न गर्नुपर्ने भएकाले संस्थाले हाल सहयोग संकलन अभियान तीव्र पारेको छ। यसका लागि समुदायले “धेरै सक्नेले धेरै दान गरौँ, थोरै सक्नेले थोरै, तर सबैले केही न केही दान गरौँ” भन्ने नारा अघि सारेको छ।
अमेरिकामा रहेका विभिन्न शहरका नेपालीहरूले यसअघि नै सामुदायिक केन्द्रहरू स्थापना गरिसकेका छन्। टेक्ससको डल्लास, ह्युस्टन र अस्टिन, क्यालिफोर्नियाको लस एन्जलस र सानफ्रान्सिस्को, बोस्टन, म्यारिल्याण्ड र कोलोराडोमा सामुदायिक केन्द्र सञ्चालनमा छन्।
वाशिंगटन नेपाली सामुदायिक केन्द्रका अध्यक्ष दुर्गा श्रेष्ठका अनुसार पहिलो पुस्ताका नेपालीहरूलाई जमघट हुने, धर्म संस्कार अँगाल्ने र समुदायलाई सशक्त बनाउने उद्देश्यले यो अभियान अघि सारिएको हो। उनले भने, “नेपालबाट अमेरिका आएका पहिलो पुस्ताले आफ्ना संस्कार, परम्परा र विश्वासलाई जीवित राख्ने अपेक्षा गर्छन्। यही आवश्यकतालाई पुरा गर्न वाशिंगटन भित्र बसोबास गर्ने सम्पूर्ण नेपाली भाषीहरूको साझा थलो अर्थात् हाम्रो दोस्रो घरको रूपमा सामुदायिक भवन तथा मन्दिरको लागि यसको खरिद योजना ल्याएका हौँ।”
सहयोग गर्न इच्छुक व्यक्तिहरूले जिले (Zelle), चेक वा वेबसाइटमार्फत योगदान गर्न सक्नेछन्।
क) जिले (Zelle): mailto:info@nepalicommunitycenter.org
ख) चेक पठाउने ठेगाना: 13707 SE 185TH WAY, Renton, WA, 98058
ग) वेबसाइट मार्फत सिधा सहयोग:
https://www.zeffy.com/en-US/ticketing/washington-state-nepali-community-center-memberships–2025
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend