बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

लद्दाखमा राज्यको माग गर्दै हिंसात्मक प्रदर्शन, चारको मृत्यु, नेपालको ‘जेनजी आन्दोलन’को प्रसङ्ग जोडियो

लद्दाखमा राज्यको माग गर्दै हिंसात्मक प्रदर्शन, चारको मृत्यु, नेपालको ‘जेनजी आन्दोलन’को प्रसङ्ग जोडियो

76
Shares
76
Shares

न्यु दिल्ली । भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन सुरक्षा बलले लद्दाखको राजधानी लेहमा कर्फ्यु लगाएको छ ।

बुधवार भएको झडपका क्रममा प्रदर्शनकारीहरूले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को स्थानीय कार्यालयमा आगजनी गरेका थिए। भारत सरकारले प्रदर्शनको नेतृत्व गरिरहेका अभियन्ता सोनम वाङचुकले हिंसा भड्काएको आरोप लगाएको छ, जसलाई वाङचुकले अस्वीकार गरेका छन्।

यसैबिच, भारतको संघीय गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वाङचुकले नेपालको ‘जेनजी आन्दोलन’ जस्ता आन्दोलनको उत्तेजक सन्दर्भ दिई मानिसहरूलाई भ्रमित पारेको र हिंसाका लागि उक्साएको आरोप लगाएको छ।

के हो लद्दाखको विवाद ?
चीन र पाकिस्तानसँग सीमा जोडिएको, करिब ३ लाख जनसंख्या भएको लद्दाख बौद्ध र मुस्लिम बाहुल्य क्षेत्र हो। सन् २०१९ मा भाजपा सरकारले जम्मू-कश्मीरलाई दिइएको अर्ध-स्वायत्तता खारेज गर्दै लद्दाखलाई छुट्टै केन्द्र-शासित प्रदेश बनाएको थियो।

त्यस बेलादेखि नै स्थानीयहरूले आफ्नो जमिन, रोजगारी र पहिचानको रक्षाका लागि लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग गर्दै आएका छन्। महिनौँदेखि शान्तिपूर्ण रूपमा चलिरहेको आन्दोलन बुधवार दशकयताकै सबैभन्दा खराब हिंसामा परिणत भएको हो।

भारत सरकारको आरोप र नेपालको प्रसङ्ग
भारतीय गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भोकहड्तालमा रहेका सोनम वाङचुकले ‘अरब स्प्रिङ’ र नेपालको ‘जेनजी शैलीको विरोध’ जस्ता उत्तेजक सन्दर्भहरू दिएर भीडलाई उक्साए।”

मन्त्रालयका अनुसार प्रदर्शनकारीले भाजपा कार्यालय र प्रहरीका गाडीमा आगजनी गर्दा कम्तीमा ३० जना प्रहरी घाइते भएका छन्। सरकारले वाङचुकको उत्तेजक अभिव्यक्तिका कारण शान्तिपुर्ण प्रदर्शनले हिंसात्मक मोड लिएको दाबी गरेको छ।

Photo: Facebook (A P Singh Lucky)

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend