मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

१३ वर्षीय अफगानी बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे, कारण सुनेर सबै चकित

१३ वर्षीय अफगानी बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे, कारण सुनेर सबै चकित

172
Shares
172
Shares

नयाँ दिल्ली । आइतबार दिल्ली विमानस्थलमा खैलाबैला मच्चियो जब एक १३ वर्षीय अफगानी बालक विमानको ल्यान्डिङ गियर (पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली आइपुगे। ज्यानकै बाजी लगाएर गरिएको यो जोखिमपुर्ण यात्राको कारण सोध्दा उनले ‘उत्सुकतावश’ यस्तो गरेको बताएका छन्, जसले अधिकारीहरूलाई समेत चकित बनाएको छ ।

कसरी गरे यो खतरनाक यात्रा?
आइतबार बिहान करिब ११:१० बजे काम एयरको उडान RQ-4401 काबुलबाट डेढ घण्टाको यात्रापछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमान ट्याक्सी-वेमा गुडिरहेका बेला एयरलाइनका सुरक्षा प्रमुखले एक बालकलाई विमान नजिकै हिँडिरहेको देखे र तुरुन्तै विमानस्थलको सुरक्षा नियन्त्रण केन्द्रमा खबर गरे ।

सुरक्षाकर्मीहरूले तत्कालै ती बालकलाई नियन्त्रणमा लिए र केन्द्रीय औद्योगिक सुरक्षा बल (CISF) लगायतका निकायले टर्मिनल-३ मा लगेर घण्टौँसम्म सोधपुछ गरे ।

‘उत्सुकताले गर्दा लुकेको हुँ’
सोधपुछका क्रममा अफगानिस्तानको कुन्दुज प्रान्तका ती बालकले आफु कसैले थाहा नपाउने गरी काबुल विमानस्थलमा छिरेको र उड्नुअघि विमानको पछाडिको ल्यान्डिङ गियरमा चढेको बताए । एक CISF अधिकारीका अनुसार बालकले यो सबै ‘उत्सुकताका कारण’ गरेको बयान दिएका छन् । विमानको विस्तृत जाँच गर्दा उनको रातो रङको एउटा स्पिकर पनि फेला परेको थियो ।

ज्यानै जोखिममा पार्ने यात्रा
विमानको पाङ्ग्रा राख्ने ठाउँमा लुकेर यात्रा गर्नु अत्यन्तै खतरनाक मानिन्छ। उडिरहेको विमानमा तापक्रम शुन्यभन्दा धेरै तल झर्छ र अक्सिजनको मात्रा लगभग शुन्य हुन्छ, जसका कारण अधिकांश यस्ता प्रयासहरू मृत्युमा टुङ्गिन्छन् । तर, यी बालक जीवितै दिल्ली पुग्नुलाई एक आश्चर्यजनक घटनाको रूपमा हेरिएको छ ।

सुरक्षा जाँचपछि ती बालकलाई सोही दिन साँझ ४ बजेको अर्को उडानबाट काबुल फिर्ता (स्वदेश फिर्ता) पठाइएको थियो । यस्ता घटनाहरू दुर्लभ भए पनि विश्वमा पहिले पनि भएका छन् । यसै वर्ष जनवरीमा डोमिनिकन रिपब्लिकबाट फ्लोरिडा गएको जेटब्लु विमानको ल्यान्डिङ गियरमा दुई जनाको शव फेला परेको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend