बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

गाजा सहरमा इजरायली आक्रमणबाट १४ जनाको मृत्यु

गाजा सहरमा इजरायली आक्रमणबाट १४ जनाको मृत्यु

125
Shares
125
Shares

गाजा । गाजा सहरमा इजरायली आक्रमणबाट १४ जनाको मृत्यु भएको छ। इजरायलले त्यहाँ आफ्नो सैन्य कारबाही तीव्र पारेको छ ।

गाजामा इजरायलले गरेको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। मारिनेहरूमा एक अस्पतालका निर्देशकका आफन्त पनि छन् । गाजामा बढ्दो युद्धका कारण केही देशहरूले प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने तयारी गरिरहेका छन् । २४ महिनादेखि जारी इजरायली बमवारिले गाजामा ६५,००० भन्दा बढी मानिसको ज्यान लिएको छ र त्यहाँ ठुलो मानवीय संकट देखिएको छ ।

हमासले अझै पनि केही इजरायली बन्धकहरूलाई राखेको छ। ती बन्धकका परिवारले सरकारलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघका अनुसार गाजामा बालबालिकाका लागि पठाइएको खाना बोकेका ट्रकबाट सशस्त्र समुहले चोरी गरेको छ। इजरायलले यसको दोष हमासलाई लगाएको छ ।

Photo: Social Media

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend