काठमाडौँ । ‘जेन-जी’ आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर निधन भएका क्रिकेट खेलाडी सुलभ राज श्रेष्ठसहित सबै ‘सहिद’ हरूलाई आज श्रद्धाञ्जली दिइएको छ।
राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सुलभलगायत आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गरेका हुन्।
बाँके जिल्लाका क्रिकेट खेलाडी रहेका श्रेष्ठको आन्दोलनका क्रममा दुखद निधन भएको थियो।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend