बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

लिज्बनमा रेल दुर्घटना, १७ जनाको मृत्यु

लिज्बनमा रेल दुर्घटना, १७ जनाको मृत्यु

110
Shares
110
Shares

पोर्चुगल । पोर्चुगलको राजधानी लिज्बनमा ग्लोरिया फ्यूनिक्युलर रेल दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ ।

एकजना बच्चासहित १३ जना सामान्य घाइते भएको अधिकारीहरूले जनाएका छन् । सुरुमा केही मानिसहरू रेलभित्रै फसेको भए पनि सबैलाई उद्धार गरिएको छ ।

पोर्चुगलका राष्ट्रपति मार्सेलु रुबेलु डुसोजाले पीडित परिवारप्रति सहानुभुति प्रकट गरेका छन् । लिज्बनका मेयर कार्लोस मोएडसले सहर शोकमा रहेको र यो लिज्बनका लागि दु:खद घडी भएको बताएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend