मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्ड राज्यमा सुदूरपश्चिम नेपाली समाजले चौथो पटक गौरा पर्व भव्यतासाथ मनाएको छ ।
हिन्दुबुद्ध मन्दिरमा भएको यस कार्यक्रममा गौरा पुजा, नाचगान, पन्चै बाजा, फलफट्याउने, देउडा खेल जस्ता सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
नेपाली दुतावासका युगराज पाण्डेय र मेरिल्यान्डका सिनेटर कार्ल ज्याकसनको उपस्थितिमा यो कार्यक्रम सम्पन्न भएको थियो । अतिथिहरूले गौरा जस्ता नेपाली पर्वहरूले प्रवासमा संस्कृति बचाउन मद्दत गरेको बताउँदै यसलाई जारी राख्न आह्वान गरेका छन् । मन्दिरका अध्यक्ष डा. श्याम कार्कीले आगामी वर्ष यसलाई अझै ठुलो बनाउने बताएका छन् ।
मेरिल्यान्ड, भर्जिनिया, डिसी लगायतका ठाउँबाट धेरै नेपालीहरू यस कार्यक्रममा सहभागी भएका थिए । नेपालको सुदुरपश्चिममा मनाइने गौरा पर्व अहिले अमेरिकामा पनि लोकप्रिय भइरहेको छ । यो पर्वले घरपरिवारमा सुखशान्ति ल्याउँछ भन्ने विश्वास छ ।
सुदुरपश्चिम नेपाली समाज मेरिल्यान्डले चार वर्षदेखि यो पर्वलाई सफलतापुर्वक आयोजना गर्दै आएको छ । समाजले सबै सहयोगीहरूलाई धन्यवाद दिएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend