बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अरोरा, कोलोराडोमा नेपाली भाषा पाठशालाको दीक्षान्त समारोह सम्पन्न

अरोरा, कोलोराडोमा नेपाली भाषा पाठशालाको दीक्षान्त समारोह सम्पन्न

354
Shares
354
Shares

अरोरा (कोलोराडो) – कोलोराडोको अरोरा शहरमा सञ्चालित नेपाली भाषा पाठशालाको वार्षिक दीक्षान्त समारोह हिजो शनिवार भव्यतापुर्वक सम्पन्न भएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रचार-प्रसार गर्ने उद्देश्यले सञ्चालनमा रहेको यस पाठशालाबाट सोही वर्षका लागि ३९ जना विद्यार्थीहरूले सफलतापुर्वक उत्तीर्ण हुँदै प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस दीक्षान्त कार्यक्रमलाई थप रंगीन बनाउन विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति दिएका थिए । कार्यक्रमको सुरुवात नेपाली र अमेरिकी राष्ट्रिय गानबाट भएको थियो । अमेरिकामा नेपाली साहित्यको हित र संवर्द्धनका लागि काम गर्ने संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज (अनेसास) कोलोराडो शाखाका सचिव परिवेश शर्माले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रमका क्रममा विद्यार्थी सन्सा कार्कीले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन् भने शिक्षिका सुधा बरालले आ-आफ्ना अनुभवहरू साझा गर्दै नेपाली भाषा सिक्नुको महत्त्वबारे प्रकाश पारेकी थिइन । साना बालबालिकाहरूले समुह गीत गाएका थिए भने विद्यार्थी सियना घिमिरेले आफ्नो सिकाइ अनुभव सुनाएकी थिइन । आरुषी, सान्वी, विभा, अदिति, सियना र काश्वीले प्रस्तुत गरेको नृत्यले दर्शकहरूलाई मन्त्र मुग्ध पारेको थियो । बुबा कुशल कार्कीको मादल संगितमा उनकी छोरी काश्वी कार्कीले गीत प्रस्तुत गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज (INLS) का बोर्ड अफ ट्रस्टीका चेयर पदम विश्वकर्मा र अनेसास कोलोराडो शाखाका महासचिव पुष्पराज पौडेलले शिक्षक तथा सहयोगीहरूलाई सम्मानार्थ प्रमाणपत्र वितरण गरेका थिए भने नेपाली भाषा पाठशालाका शिक्षिकाहरुले आफ्ना आफ्ना विद्यार्थीहरूलाई पनि प्रमाणपत्र वितरण गरेका थिए ।

अभिभावकहरूको तर्फबाट कुशल कार्कीले आफ्नो धारणा राख्दै पाठशालाले नेपाली समुदायमा पुर्‍याएको योगदानप्रति धन्यवाद व्यक्त गरे । उनले पार्कर क्षेत्रमा पनि यस्तै अर्को पाठशाला खोल्ने सुझाव पनि राखे ।

नेपाली भाषा पाठशाला अरोराले कोलोराडोमा बसोबास गर्ने नेपालीहरूलाई आ-आफ्नो मातृभाषा, संस्कृति र पहिचानसँग जोड्ने एउटा सशक्त माध्यमको रूपमा काम गरेकोमा अभिभावकहरू खुसी मानेका थिए । कार्यक्रमको समापन अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीको धन्यवाद ज्ञापनसँगै भयो । कार्यक्रमको सन्चालन राजु खनालले गरेका थिए ।

मोर (अन्य) तस्बिरहरूको लागि यहाँ क्लिक गर्नुहोस्।

  • प्रतिक्रिया दिनुहोस

    शैलेश पोखरेल का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend