बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टोली भारत जाने

अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टोली भारत जाने

170
Shares
170
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारत भ्रमणका लागि नेपाल ‘ए’ टोली घोषणा गरेको छ ।

विकेटकिपर–ब्याट्सम्यान अनिल साहलाई कप्तान बनाइएको टोलीले भारतको गुवाहाटीमा आसाम टोलीसँग पाँच टी-२० खेल्नेछ। सिरिज अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म हुनेछ।

१६ सदस्यीय टोलीमा अर्जुन घर्ती मगर (विकेटकिपर), देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सर्राफ, बसिर अहमद, कमल सिंह ऐरी, आदिल अन्सारी, तृत राज दास, सुभ कंसाकर, इशान पाण्डे, आकाश चन्द, शेर मल्ल, युवराज खत्री र सागर ढकाल रहेका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend