बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

डलासमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको मृत्यु

डलासमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको मृत्यु

203
Shares
203
Shares

डलास । डलासमा शनिवार बिहानै भएको एक घटनामा तीन जनाको मृत्यु भएको छ । त्यसमध्ये एक ३ वर्षे बालक थिए ।

यो घटना गत शनिवार बिहान टेक्ससको डलासस्थित एक अपार्टमेन्टमा घटेको हो, जसमा ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीय श्रीमती रंजना श्रेष्ठ र उनको ३ वर्षीय छोरा प्रनिशको मृत्यु भएको छ।

रंजना र प्रनिश घटनास्थलमै गोलीले घाइते भएर मृत अवस्थामा भेटिएका थिए। ललित प्रधान गम्भीर घाइते अवस्थामा भेटिएका थिए र उपचारकै क्रममा उनको निधन भयो, प्रहरी अधिकारीहरूले बताए।

ललित प्रधान करिब १५ वर्ष अघि मोरङ पूर्वको शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरबाट अमेरिकामा बसाइसराइ गरेका थिए। उनकी पत्नी रंजनाको माइती घर काठमाडौँमा छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend