सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

तिज गीत: दिदी बहिनी जम्मा हुँदै

तिज गीत: दिदी बहिनी जम्मा हुँदै

41
Shares
41
Shares

दिदी बहिनी जम्मा हुँदै दर खाने दिनमा
नाच्दा गाउँदा जान्छ दिन एकैछिनमा

छाएको छ मनभरि हर्ष अनि उमङ्ग
संस्कारमा हुर्केकी हुँ छैन घमन्ड

बाबाआमा फुलाउँथे फुलेकैथेँ रहरमा
आजभोलि सुख काट्दै बस्छु सहरमा

सन्तानको रमाइलो बा-आमाको पालामा
सधैँभरि स्याउ दाना फुल्थे गालामा

जता पनि देखेको छु महिला पुरुष बराबर
छोराछोरी स्कुलमा पढ्छन् सरासर

फुर्सदको समयमा बस्छु जीवन पढेर
हामी केही गर्न सक्छौँ अघि बढेर

हाम्रा दुई छोराछोरी हुर्के माया पाएर
खाजा पानी गराउँछु घर आएर

भरिलो छ घर आज संस्कारको सारीले
अल्झाउने छैन मलाई ठुलो भारीले

पकाउन गाह्रो हुँदा होटेलमा खाएर
घुम्ने डुल्ने गरेको छु माया पाएर

पार गर्दै अघि बढ्छौँ परीक्षाका घडीलाई
रत्न मणि बनाउनु छ जीवन कडीलाई

दुःख मलाई छैन आमा सघाउँछन् स्वामीले
पिर नगरी बसे हुन्छ अब तिमीले ।

शान्ति कंडेल न्यौपाने
पोखरा-८, सिमलचौर

  • प्रतिक्रिया दिनुहोस

    शान्ति कंडेल न्यौपाने का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend