सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

तिजे गीत: भदौ महिना जहिले पनि

तिजे गीत: भदौ महिना जहिले पनि

36
Shares
36
Shares

भदौ महिना जहिले पनि हाम्रो देश तारो भो
नेपाल बस्ती जोगाउन साह्रै गाह्रो भो

तिब्बतको हिमपहिरोले धेरै बिघ्न बनायो
यस्तो लाग्छ दैवले नै दशा खन्यायो

पोहोर सालको आन्दोलनले नेपाल अझै भोको छ
वर्ष दिनमा आज फेरि देश रोको छ

तीर्थयात्री गएका थे पूर्णिमाको बेलामा
कति गाडी बगाई लग्यो दैव खेलामा

कसले रोक्न सक्ने होला प्राकृतिक बिपत्ति?
जन धन जोगाउन पर्‍यो आपत्ति

समाजसेवी, सेना, पुलिस लागेका हर प्रहरमा
आँसु बोकी आफन्त नि पुगे बगरमा

सन्नाटाले छायो देश बगेको छ आँसु भेल
तितरबितर परिवारको कहिले होला मेल

सबैलाई बस्ने रहर सुरक्षित भएर
भोक टार्ने होला अब कता गएर ?

सकेसम्म सुरक्षित रहनु है देशमा
काल पनि आउँदो रैछ नौलो भेषमा

आराधना गर्ने गरौँ जोगाउन नेपाल
सधैँभरि हुने भयो मन बेहाल

वैज्ञानिक भन्ने गर्छन् अझै गर्मी बढ्दै छ
जलवायु परिवर्तन माथि चढ्दै छ

के के हुने होला अब कसको कुरा सुन्ने हो ?
हराएको मानवता कहिले बुन्ने हो ?

श्रद्धाञ्जली अर्पण गर्छौँ मृत आत्माहरूलाई
धैर्यधारण गर्ने शक्ति मिलोस् सबैलाई ।

-शान्ति कंडेल न्यौपाने
पोखरा-८, सिमलचौर

  • प्रतिक्रिया दिनुहोस

    शान्ति कंडेल न्यौपाने का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend