बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अमेरिकी हमलामा ‘ट्रेन डे आरागुआ’ गिरोहका नेता निन्यो गुरेरो मारिएको ट्रम्पको दाबी

अमेरिकी हमलामा ‘ट्रेन डे आरागुआ’ गिरोहका नेता निन्यो गुरेरो मारिएको ट्रम्पको दाबी

35
Shares
35
Shares

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प (Donald Trump) ले भेनेजुएलास्थित कुख्यात आपराधिक समूह ट्रेन डे आरागुआ का नेता हेक्टर रुस्थेनफोर्ड गुरेरो फ्लोरेस उर्फ ‘निन्यो गुरेरो’ अमेरिकी सैन्य हमलामा मारिएको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी दक्षिणी कमाण्डले सञ्चालन गरेको लक्षित आक्रमणमा गुरेरो मारिएको र उक्त कारबाही भेनेजुएली अधिकारीहरूसँग समन्वय गरेर गरिएको जनाएको छ ।

अमेरिकाले ट्रेन डे आरागुआलाई विदेशी आतंकवादी संगठनको सूचीमा राखेको छ । गुरेरोविरुद्ध न्यूयोर्कको संघीय अदालतमा आतंकवादलाई सहयोग, आपराधिक षड्यन्त्र तथा अन्य गम्भीर अपराधका आरोपमा मुद्दा दर्ता गरिएको थियो। ट्रम्पले आफ्नो प्रशासनले लागूऔषध तस्करी र संगठित अपराधविरुद्धको अभियानलाई अझ कडा बनाउने बताएका छन् ।

ट्रेन डे आरागुआ भेनेजुएलाबाट सुरु भएको अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल हो, जसको गतिविधि मानव तस्करी, लागूऔषध कारोबार, अपहरण र हिंसात्मक अपराधसँग जोडिएको मानिन्छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend