बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जिपी फाउन्डेशन अमेरिकाको कार्यालयमा भेटघाट

जिपी फाउन्डेशन अमेरिकाको कार्यालयमा भेटघाट

190
Shares
190
Shares

न्यूयोर्क, अमेरिका। गिरिजा प्रसाद कोइराला फाउन्डेशन (जिपी फाउन्डेशन) अमेरिका शाखाको कार्यालयमा आज विभिन्न व्यक्तिहरूसँग भेटघाट भयो । त्यहाँ समाजसेवा, खेलकुद, र नेपाली समुदायका विषयहरूमा छलफल भएको थियो ।

फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले एपी-१ टिभीका पत्रकार मोहराज शर्मा, बक्सर रणबहादुर साउद र समाजसेवी विजय डंगोललाई खादा लगाएर स्वागत गरेका थिए ।

पत्रकार मोहराज शर्माले भने, “फाउन्डेशनले गरेका मानवीय कार्यहरू नेपालमा पनि चर्चित छन् । म यसको प्रशंसा गर्छु ।” बक्सर साउदले भने, “मैले नेपाललाई विश्वमा चिनाउन खेलकुदबाट योगदान दिँदै छु ।” समाजसेवी विजय डंगोलले फाउन्डेशनको कामलाई सराहना गर्दै यसले अमेरिकामा नेपालीहरूको हितमा राम्रो काम गरेको बताए ।

अध्यक्ष घिमीरेले भने, “हामीले कोरोनाकालदेखि निरन्तर नेपालीहरूलाई खाद्यान्न, शिक्षा, र कानुनी सहयोग दिँदै आएका छौं ।” प्रवक्ता रामचन्द्र अधिकारीले भविष्यमा नेपालमा दीर्घकालीन सहयोग गर्ने योजना रहेको बताए ।

केन्द्रीय सदस्यहरू सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्रीले फाउन्डेशनले प्रवासी नेपालीहरूको एकतामा महत्त्वपुर्ण भुमिका खेलेको बताए । उनीहरूले भने, “हामी सबैको साथ दिने प्रयास गर्दै छौं ।”

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend