मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

भर्जिनिया घटनाका मृतक आमा (वृन्दा) र छोरी (ममता) को भावुक अन्तिम बिदाइ

भर्जिनिया घटनाका मृतक आमा (वृन्दा) र छोरी (ममता) को भावुक अन्तिम बिदाइ

2.5K
Shares
2.5K
Shares

भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा ज्यान गुमाएका ममता थापा र उनकी आमा वृन्दा थापाको मंगलबार स्यानटिलीस्थित शवदाह गृहमा भावपुर्ण श्रद्धाञ्जलीसहित अन्तिम संस्कार गरिएको छ ।

श्रद्धाञ्जली सभामा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो भने वातावरण निकै भावुक बनेको थियो । हिन्दु परम्पराअनुसार विधिपुर्वक अन्तिम संस्कार गरिएको कार्यक्रममा उपस्थितहरूले पुष्प गुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा ममताका पति सन्तोष बस्नेत अत्यन्तै भावुक बनेका थिए । उनले पत्नीलाई अन्तिम बिदाइ दिँदै प्रहरी र उपस्थित सबैप्रति आभार व्यक्त गरे । परिवारका अन्य सदस्य तथा आफन्तहरूले पनि दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उक्त श्रद्धाञ्जली कार्यक्रममै खुँडा प्रहार गरी ज्यान लिने ममताका स्वर्गीय पिता छत्र थापाको शवलाई पण्डितले प्रारम्भिक विधि सम्पन्न गरेपछि सबैभन्दा पहिले चितामा राखिएको थियो।

गत फेब्रुअरी अन्त्यतिर भएको उक्त घटनामा ३३ वर्षीय ममता र ५२ वर्षीय वृन्दाको ज्यान गएको थियो। कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend