बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

फेरि अर्को

फेरि अर्को

151
Shares
151
Shares

समयले चस्मा चढाइदियाे
हेराइहरू बदलिए
कहिले रङ्गिन बने
कहिले रङ्गहिन ।।

रेट्नेहरू महन्त बने
रेटिनेहरू सहिद,
इतिहास जम्मै डढाइदिए
तन्त्रहरूका धाममा ।।

कहिले प्रजातन्त्र
कहिले राजतन्त्र
कहिले गणतन्त्रको नाममा
नामहरू बदलेर
अनुहार र स्वरूप बदलेर
आशाका ललिपप बाँड्दै
प्रहर प्रहरमा ।।

लोकको मन्त्र जपी
सामलको धुरी लगाउँदै
बचेराजनलाई पालामा राखी
बाती झोस्नेहरूलाई
मिलेकै छन् अवसरहरू ।।

पाउँदा रहेछन् साथ सधैँ
हिटलरहरुले पनि
देखाइदिँदा रहेछन्
उन्मादका लप्काहरू
द्वन्दका बीउहरू रोपेर
मस्तिष्कका बारीहरूमा
सेवक बने सरी ।।

फुलाउँदा रहेछन् आशाका फूलहरू
डढाउन जिन्दगीहरू
आगो झोसेर, ठाेकेर, बोकेर, चिर्दै चिरा चिरा
दल्दै मलम चुकको ।।

मार्ने नै देव कहिँदो रहेछ
राम होस या अर्जुन
हर युगका संहारकहरू
बिदुवा, टुहुरा र अनाथकर्ता
अनुमोदन हुँदा रहेछन्
सत्य त्यही रहेछ
मतबाट, मतलबबाट
कहिले डरले
कहिले रहरले
परिवर्तनको ।।

द्वन्दका बिउ रोप्नेहरू
मुर्दालाई फूल चढाउँदै
गान्धीवादको प्रवचन दिँदै
विभीषणहरूलाई राजा बनाएर
रामराज्यको बखान गर्छन् ।।

आँखामा नैराष्यता बाँधिएकाहरू
जलेको इतिहासमा
प्रतिस्थापित नयाँ अनुहार
पुज्दा रहेछन् ,
युगौँ युगसम्म
सत्ययुगदेखि हली युगसम्म
कलियुगदेखि ढली युगसम्म
युद्ध र मृत्युका टुसा उमार्दै
फेरि अर्को, फेरि अर्को
निरन्तर निरन्तर !!!

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend