न्युयोर्क । जिपी कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले आफ्नो छैटौँ वार्षिकोत्सव एवं ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस एक विशेष समारोह गरी भव्यतासाथ सुसम्पन्न गरेको छ। न्यु योर्क एल्मस्ट हस्पिटलस्थित अडिटोरीयम हलमा अपराह्न दुई बजे बाट सुरु भएको सो कार्यक्रम साँझ ८ बजेसम्म संचालन भएको थियो।
न्यु योर्क राज्य सिनेटर माननीय जेसीका रामोसको प्रमुख आतिथ्यता एवं एसेम्ब्ली ओमेन माननीय जेसीका गोन्जालेसको विशेष आतिथ्यतामा सो कार्यक्रम भएको थियो। फाउन्डेसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले सो कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएको सो कार्यक्रमको उद्घाटन ज्येष्ठ महिला एवं समाजसेवी शारदा क्षेत्रीले पानसमा वत्तीबाली गर्नुभएको थियो।कार्यक्रममा आगन्तुक अतिथिगणहरूलाई फाउन्डेसनका प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले स्वागत मन्तव्यसाथ स्वागत गर्नुभएको थियो।
प्रमुख अतिथि सिनेटर जेसीका रामोस्ले नेपाली समुदाय माईन्युरीटी भएता पनी जिपी कोइराला फाउन्डेसन अमेरिका र यस्का संस्थापक अध्यक्ष एवं समाजसेवी सोमनाथ घिमिरे र वहाँको टिम जिपी केईराला फाउन्डेसनले जटिल कोरोना कहर देखी आजपर्यन्त समाजसेवामा निरन्तर खटिरहेकोमा बधाई दिँदै समाजसेवी सोमनाथ घिमिरेलाई वास्तविक जनप्रतिनिधिको रूपमा डिस्ट्रिक्ट एसेम्ब्लीको रूपमा आफुले अल्बानीमा देख् नचाहेको भन्दै वहाँको सामाजिक एवं राजनैतिक यात्राको सफलताको शुभकामना दिनुभयो। यसै गरी विशेष अतिथि असेम्बली ओमेन जेसीका गोन्जालेजले फाउन्डेसनको सामाजिक कार्यबाट आफु प्रभावित भएको र जनस्तरमा खटेर लागी पर्ने टिमलाई बधाई दिँदै फाउन्डेसनको वार्षिकोत्सव एवं अन्तर्राष्ट्रिय नारी दिवसको व्यवहारिक सफलताकोलागी शुभकामना व्यक्त गर्नुभयो।
समाजसेवी एवं प्रसाद कम्युनिटी एफयर्स फुड प्यान्ट्रूीकी अध्यक्ष जेन्नी प्रसादले आफुहरु र जिपी कोइराला फाउन्डेसनबिच आपसमा लामो सहकार्य भएको र विशेष गरी जिपी फाउन्डेसनले गरिब, असहाय एवं विद्यार्थीबर्गलाई अहोरात्र खटेर खाद्यान्न वितरण गरिरहेको र सो कार्यमा आफुहरुले सघाउन पाउँदा खुसी लागेको बताउनुभयो। फाउकार्यक्रममा एनआरएनए अमेरीकाकी सचिव एवं महिला नेतृ लक्ष्मी थापाले महिला सशक्तीकरण एवं आवाजलाई आज विश्वले गुन्जाई रहेको र नेपाली महिलाहरू उदाहरणीय बन्दै गएको कुरामा जोड दिनुभयो।एनआरएनए न्यु योर्क च्याप्टरका अध्यक्ष डण्डपाणी लामिछाने (वासु) ले महिलाहरू घरमा मात्र सीमित नभै सर्वत्र अग्र पंक्तिमा नेतृत्व गरिरहेको र अव दबिएर नरहने कुरामा आफु विश्वस्त रहेको बत्ताउनुभयो।
यसै गरी जनसम्पर्क समिति न्यु योर्क च्याप्टरका अध्यक्ष दिनदयाल भण्डारी (दिनेश) ले फाउन्डेसनले एकसाथ आफ्नो वार्षिकोत्सव एवं अन्तर्राष्ट्रिय महिला दिवस मनाएकोमा खुसी व्यक्त गर्दै शुभकामना दिनुभयो।रिजउड नेपाली सोसाइटीका अध्यक्ष राजेश भट्टले फाउन्डेसनका सामाजिक गतिविधिको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा उच्च प्रगतिको कामना व्यक्त गर्नुभयो। पत्रकार किरण मरहट्ठाले फाउन्डेसन अमेरिकाका संस्थापक अध्यक्ष सोमनाथ घिमिरे र टिमको उच्च खटाई र सामाजिक कार्यको प्रशंसा गर्नुभयो।सो कार्यक्रममा साहित्यकार गीता खत्री, राम खत्री, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष वसन्ती राई, फाउन्डेसनका संरक्षक एवं संयुक्त राष्ट्रसङ्घ आध्यात्मिक सङ्घका अध्यक्ष गुरु दिलीप थाङ्कापन,महिला समाजसेवी शारदा क्षेत्री, तमु परिवार न्युयोर्ककी पुर्व अध्यक्ष मनिता गुरुङ, समाजसेवी एवं महिला नेतृहरू क्रमशः अनिता परियार,कल्पना घिमिरे,पुष्पा अधिकारी, कुन्ती थापा, लक्ष्मी कार्की तथा समाजसेवी मिलन शाही, दोलखा समाज अमेरिकाका अध्यक्ष भोजराज ठोक्कर,समाजसेवी एवं न्यु योर्क सिटी काउन्सिल बोर्ड सदस्य वीरेन्द्र मानन्धर, समाजसेवी एवं माईन्युरीटी ईम्पावरमेन्ट न्युयोर्कका अध्यक्ष श्याम कार्की, समाजसेवी एवं नेपाली मम: क्याफेका सञ्चालक हरि मगर, समाजसेवी एवं फाउन्डेसनका आजीवन सदस्य शेखर कार्की तथा भीमसेन महत,समाजसेवी राजेन्द्र श्रेष्ठ,एनआरएनए नेता एवं गोर्खा समाजका अध्यक्ष ओम विश्वकर्मा लगायतका महानुभावहरूले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो भने, चिनियाँ सांस्कृतिक नृत्यहरू सहित नेपाली सांस्कृतिक नृत्य २०औ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर दिनेश सुनार पार्कोर र एमसी, हास्य, कलाकार एवं जादुगर महादेव त्रिपाठी द्वयले प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि सेनेटर जेसिका रामोसले ८९ वर्षकी महिला रानी जुम्रत्ता हिल्डा रहमान र सामाजिक अभियन्ता शान्ता ठोकर (पहिलो नेपाली संयुक्त राज्य अमेरिकामा कराटे स्कुल (डोजो) स्थापना गर्ने) कदर पत्र वाट सम्मान गर्नु भएको थियो भने कांग्रेसमेम्बर (वोमेन) ग्रेस मेंगले समाजमा उत्कृष्ट सामाजिक कार्य गरेका महिलाहरू क्रमशः लक्ष्मी थापा, सुनिता भण्डारी, रश्मि श्रेष्ठ, कन्चन लामा, पुष्पा अधिकारी गौतम र फुडोमा शेर्पालाई काँग्रेसको मान्यता प्रमाणपत्रले सम्मानित हुनु भएको थियो।
यसै फाउन्डेसनका कार्वहाक अध्यक्ष सुवर्ण लामाले फाउन्डेसनका गतिविधीहरुको चर्चा गर्दै आगामी दिनहरूमा पनि सबैको साथ र सहयोगको अपेक्षासहित उपस्थित भई कार्यक्रम सफल पारी दिनुहुने सबैमा फाउन्डेसन परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो।कार्यक्रममा बोल्दै फाउन्डेसनका संस्थापक अध्यक्ष एवं समाजसेवी सोमनाथ घिमिरेले आफुले र आफ्नोटीमले फाउन्डेसन अमेरिका च्याप्टरको स्थापनाकाल देखी आजसम्म निरन्तर निश्वार्थपुर्ण भई समाजसेवामा अहोरात्र खटिएको र आफु अव न्युयोर्कवासीको जनसेवाको लागी न्यु योर्क डिस्ट्रिक्ट -३० बाट एसेम्ब्लीको लागी प्राइमरी चुनावमा होमिएको र सोका लागी सहयोग गरिदिनुहुन आम जनसमुदाय एवं समाजसेवी र नागरिक समाजसँग अपिल गर्नुभयो।
सोनिया लामाद्वारा संचालन भएको सो कार्यक्रममा समाजसेवी राजु रौनियार,नील तामाङ, राधा ज्ञवाली र भावना सिम्खडा लगायतले स्वयंसेवीको भूमिकामा खटिनुभएको थियो भने,फाउन्डेसनका कार्यसमिति सदस्यहरू रामचन्द्र अधिकारी, सुर्य सिम्खडा,ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, राजेश आचार्य लगायत व्यवस्थापन मा खटिनुभएको थियो।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend