बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जैशिदेवल तेक्वान्दो डोजाङ्गलाई ३ अन्तर्राष्ट्रिय पदक

जैशिदेवल तेक्वान्दो डोजाङ्गलाई ३ अन्तर्राष्ट्रिय पदक

217
Shares
217
Shares

काठमाडौँ । नेपाल तेक्वान्दो संघ द्वारा मिति २०२६ फेवरेरी १६ देखि २० काठमाडौँको दशरथ रङ्गशालामा आयोजित 4th Mt. Everest International Taekwondo Championships 2026 मा जैशिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीहरूले २ स्वर्ण र १ कांस्य गरी कुल ३ अन्तर्राष्ट्रिय पदक जित्न सफल भएको छ। मुविक्क्षा गजुरेलले जुनियर महिला गेरोगी विधा तर्फ ६३ के.जी. तौल समुहमा स्वर्ण , सुप्रिया जोशीले क्यडेट महिला गेरोगी विधा तर्फ ३३ के.जी.तौल समुहमा स्वर्ण र आभिष मानन्धरले क्यडेट पुरुष गेरोगी विधा तर्फ ६५ के.जी.तौल समुहमा कांस्य पदक जित्न सफल भएको छ ।

५ दिन सम्म आयोजना भएको यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल लगायत २३ मुलुकका १२ भन्दा बढी खेलाडीहरू तथा अन्तर्राष्ट्रिय निर्णायकहरूको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा क्लवका अध्यक्ष राजेश प्रजापति जुरी र अन्जीत राई टिम प्रशिक्षकको भुमिका निर्वाह गरेका छन् भने सहभागितामा लाग्ने सम्पुर्ण खर्च जैशिदेवल युथ क्लबको रहेको छ।

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend