बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

युनिभर्सलको ‘रेभेन्ज अफ द ममी’ राइडपछि महिलाको मृत्यु

युनिभर्सलको ‘रेभेन्ज अफ द ममी’ राइडपछि महिलाको मृत्यु

51
Shares
51
Shares

ओर्लान्डो — युनिभर्सल ओर्लान्डोको एक आकर्षणमा चढेपछि एक महिलाको मृत्यु भएको खुलासा भएको छ । हालै सार्वजनिक गरिएको राज्यको प्रतिवेदनअनुसार, गत वर्ष नोभेम्बर २५ मा ‘रेभेन्ज अफ द ममी’ रोलर कोस्टरमा चढेकी ७० वर्षीया महिला अचानक अचेत भएकी थिइन् ।

राइडपछि अस्वस्थ बनेकी ती महिलालाई अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । फ्लोरिडा डिपार्टमेन्ट अफ एग्रिकल्चर एन्ड कन्ज्युमर सर्भिसेस (FDACS) ले बिहीबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

यस विषयमा प्रतिक्रिया लिन WFLA (न्युज च्यानल ८) ले युनिभर्सल ओर्लान्डोलाई सम्पर्क गरे पनि तत्काल कुनै जवाफ प्राप्त नभएको जनाएको छ ।

FDACS (Florida Department of Agriculture & Consumer Services) ले वाल्ट डिज्नी वर्ल्ड, युनिभर्सल ओर्लान्डो, सी वर्ल्ड, बुश गार्डेन्स र लेगोल्याण्डजस्ता थिम पार्कहरूमा हुने सबै चिकित्सकीय घटनाहरूको त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ। यस्ता घटनाहरू पार्कहरूले नै विभागमा जानकारी गराउने व्यवस्था छ।

२००४ मा उद्घाटन भएदेखि अहिलेसम्म ‘रेभेन्ज अफ द ममी’ राइडसँग सम्बन्धित २१ वटा चिकित्सकीय घटना रिपोर्ट भइसकेका छन्। ती घटनाहरूमा वाकवाकी र चक्कर लाग्नेदेखि लिएर दौरा र मेरुदण्डको हड्डी भाँचिएको सम्मका गुनासाहरू समावेश छन्।

यसैबिच, सन् २०२५ सेप्टेम्बर १७ मा युनिभर्सलको ‘एपिक युनिभर्स’ थिम पार्कस्थित ‘स्टारडस्ट रेसर्स’ रोलर कोस्टरमा घाइते भएपछि ३२ वर्षीय एक आगन्तुकको पनि मृत्यु भएको थियो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend