बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा नेपाली गीत र साहित्यको कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा नेपाली गीत र साहित्यको कार्यक्रम सम्पन्न

234
Shares
234
Shares

ह्यारिस्बर्ग, पेनसिल्भेनिया । अमेरिकाको ह्यारिस्बर्ग सहरमा जुलाई १२, २०२५ मा “साहित्यिक तथा सांगीतिक संवाद” कार्यक्रम भयो । उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) र त्रिवेणी साहित्य मञ्चले मिलेर आयोजना गरेको हो । नेपाली गीत, साहित्य र भाषा बढाउने उद्देश्यले यो कार्यक्रम राखिएको थियो । अमेरिकाका विभिन्न ठाउँबाट गीतकार, लेखक र साहित्य प्रेमीहरू यसमा सहभागी भएका थिए ।

कार्यक्रमको मुख्य अतिथि साहित्यकार वसुधा रिजाल थिइन् भने अध्यक्ष हरि उप्रेतीले कार्यक्रमको नेतृत्व गरेका थिए । यसमा धेरै प्रसिद्ध गीतकार, लेखक र कलाकारहरू आएका थिए ।

कार्यक्रममा नाच, गीत, कविता पाठ र साहित्यिक छलफल जस्ता कार्यक्रमहरू थिए । अध्यक्ष उप्रेतीले नेपाली भाषा, गीत र साहित्य बचाउन प्रवासी नेपालीहरूले मिलेर काम गर्नुपर्छ भने ।

कार्यक्रम सञ्चालन साहित्यकार तथा गितकार अचार्य नाराद सुदुमाले गरेको थिए ।

  • प्रतिक्रिया दिनुहोस

    अर्जुन प्रधान का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend