बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक

भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक

40
Shares
40
Shares

काठमाडौँ । साहित्यिक पत्रकार संघले हिजो अनामनगरको डालो रेस्टुरेन्टमा गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा रचित गीत ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक गर्‍यो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विजय गुरुङद्वारा सङ्गीतबद्ध, तृप्ति खड्का गुरुङ र विजय गुरुङद्वारा गाइएको ‘प्यारो गाउँ भीमफेदी’ गीतको प्रमुख अतिथि पुर्व राजदुत वरिष्ठ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले सार्वजनिक गर्नु भयो ।

सार्वजनिक गरिएपछि गीतका सङ्गीतकार र गायकद्वय तृप्ति खड्का गुरुङ र विजय गुरुङले त्यो गीत गाउँदाको आफ्नो अनुभव व्यक्त गर्नुभयो । सोही कार्यक्रममा समालोचक युवराज मैनाली र ‘शब्दपथ’का प्रधान सम्पादक वरिष्ठ आख्यानकार किशोर पहाडीले आआफ्नो समीक्षात्मक मन्तव्य राख्नु भयो ।

विशिष्ट अतिथि साझा प्रकाशनका अध्यक्ष कवि शेखर गिरीले सुभाषचन्द्रसँग तीसको दशकदेखि नै चिनजान भएको कुरा प्रष्ट पार्दै शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रमको सहजीकरण पत्रकार श्रीराम सिंह बस्नेतले गर्नु भएको सो कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि श्रेष्ठ, सर्जक भीमफेदीया लगायतले आआफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend