वाशिङ्टन डीसी । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन डीसीमा बुधबार भएको गोलीकाण्डमा घाइते दुई नेशनल गार्डमध्ये एकको मृत्यु भएको पुष्टि गरेका छन् ।
राष्ट्रपति ट्रम्पका अनुसार २० वर्षीया सारा बेकस्ट्रोमको उपचारका क्रममा मृत्यु भएको हो । घाइते अर्को नेशनल गार्ड, २४ वर्षीय एन्ड्रू वोल्फ, ‘आफ्नो ज्यान बचाउन संघर्षरत’ रहेको उनले बताए ।
बुधबार ह्वाइट हाउसबाट केही सय मिटर टाढा तैनाथ उनीहरू दुईजनामाथि घात लगाएरा आक्रमण गरिएको थियो । यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले अफगानिस्तानका २९ वर्षीय रहमानुल्लाह लकनवाललाई पक्राउ गरेको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend