बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

युके रेलमा ‘भयानक’ चक्कु आक्रमण: ९ जनाको अवस्था गम्भीर, ‘आतङ्कवाद’ कोणबाट अनुसन्धान

युके रेलमा ‘भयानक’ चक्कु आक्रमण: ९ जनाको अवस्था गम्भीर, ‘आतङ्कवाद’ कोणबाट अनुसन्धान

49
Shares
49
Shares

इङ्गल्यान्ड । पुर्वी इङ्गल्यान्डको क्याम्ब्रिजशायरस्थित हन्टिङ्डन स्टेशन नजिक चलिरहेको रेलभित्र भएको चक्कु आक्रमणपछि दुई व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार यस ‘ठुलो घटना’ मा कम्तीमा १० जना घाइते भएका छन्, जसमध्ये नौ जनाको अवस्था चिन्ताजनक छ ।

ठुलो चक्कु बोकेको एक पुरुषले यात्रुमाथि अन्धाधुन्ध हमला गरेपछि रगतले लतपतिएका पीडितहरू बच्न शौचालयतिर लुकेका प्रत्यक्षदर्शीहरूले बताएका छन् । चालक दललाई आपतकालीन सुचना दिइएपछि रेल तत्काल रोकिएको थियो। अनुसन्धानमा प्रतिआतङ्कवाद अधिकारीहरूले सहयोग गरिरहेकाले घटनाको गम्भीरता बढेको छ ।

हमलाकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। यसै क्रममा, एक ज्येष्ठ पुरुषले एक सानी बालिकालाई बचाउने प्रयास गर्दा टाउको र घाँटीमा चोट लागेको जनाइएको छ । ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले यस घटनालाई “भयानक” भन्दै निन्दा गरेका छन् । आक्रमणपछि उक्त क्षेत्रको रेल सेवा पुर्ण रूपमा रोकिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend