बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ट्रम्प र सी जिनपिङबीच ‘मैत्रीपुर्ण’ भेट: शुल्क घटाउने र व्यापार विस्तारमा सहमति

ट्रम्प र सी जिनपिङबीच ‘मैत्रीपुर्ण’ भेट: शुल्क घटाउने र व्यापार विस्तारमा सहमति

35
Shares
35
Shares

दक्षिण कोरिया – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच करिब दुई घण्टा लामो भेटवार्तामा व्यापार, शुल्क र सहयोगका विषयमा सहमति भएको छ। ट्रम्पले भेटलाई “१२ मा १२ अंक” दिँदै “करिब सबै कुरामा सहमति” भएको बताएका छन्।

भेटमा चीनले अमेरिकाबाट भटमास खरिद पुनः सुरु गर्ने, दुर्लभ खनिज निर्यात रोक्ने निर्णय एक वर्षका लागि स्थगित गर्ने र चिनियाँ वस्तुमाथि लगाइएको शुल्क ५७% बाट घटाएर ४७% गर्ने निर्णय गरिएको ट्रम्पले जानकारी दिए। उनका अनुसार, सी जिनपिङले फेन्टानिलको अवैध प्रवाह रोक्न प्रतिबद्धता जनाएका छन्।

ट्रम्पले सीलाई “महान् देशका महान् नेता” भन्दै चीनसँग दीर्घकालीन मित्रता रहने विश्वास व्यक्त गरे। सीले पनि अमेरिका र चीनबीच समय–समयमा “घर्षण” हुनु सामान्य भए पनि दुवै राष्ट्र साझेदार र मित्र हुनुपर्ने बताए।

यस भेटमा युक्रेन युद्ध र ताइवान मुद्दाबारे विस्तृत छलफल नभएको ट्रम्पले बताए। आगामी अप्रिलमा ट्रम्प चीन भ्रमण गर्ने र त्यसपछि सी अमेरिकाको भ्रमण गर्ने योजना पनि रहेको जनाइएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend