बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

राष्ट्रपति ट्रम्पद्वारा तत्काल आणविक हतियार (Nuclear Weapons) परीक्षण पुनः सुरु गर्ने घोषणा

राष्ट्रपति ट्रम्पद्वारा तत्काल आणविक हतियार (Nuclear Weapons) परीक्षण पुनः सुरु गर्ने घोषणा

69
Shares
69
Shares

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले तत्कालै आणविक हतियार (nuclear weapons) परीक्षण पुनः सुरु गर्ने घोषणा गरेका छन्। उनले प्रतिस्पर्धी राष्ट्रहरूसँग शक्ति सन्तुलन कायम राख्न यो कदम चालिएको बताएका छन्।

बुधवार (अक्टोबर १५, २०२५) उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “अन्य देशहरूले आफ्नो परीक्षण कार्यक्रम विस्तार गरिरहेका कारण, मैले युद्ध विभागलाई हाम्रा आणविक हतियारहरूको परीक्षण पुनः सुरु गर्न निर्देशन दिएको छु। यो प्रक्रिया तत्काल सुरु हुनेछ।”

अमेरिकाले सन् १९९२ देखि स्वैच्छिक रूपमा आणविक परीक्षण रोकिएको थियो। अन्तिम परीक्षण नेभाडा नेसनल सेक्युरिटी साइट्समा भूमिगत रूपमा गरिएको थियो।

ट्रम्पको यो घोषणा रसियाले सोही दिन परमाणु-शक्तिबाट चल्ने ड्रोन र आणविक क्षमता भएका हतियारहरूको परीक्षण गरेको पृष्ठभूमिमा आएको हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती प्रणालीहरूलाई “रोक्न असम्भव” भएको दाबी गरेका छन्।

विश्लेषकहरूले ट्रम्पको कदमलाई रसिया र अन्य राष्ट्रका हालका आणविक परीक्षणहरूको प्रतिकृयाका रूपमा व्याख्या गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend