बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

राष्ट्रपति ट्रम्पले शुक्रवार नियमित स्वास्थ्य परीक्षण गराउने

राष्ट्रपति ट्रम्पले शुक्रवार नियमित स्वास्थ्य परीक्षण गराउने

65
Shares
65
Shares

कोलोराडो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले वाल्टर रीड मेडिकल सेन्टरको भ्रमणका क्रममा शुक्रबार आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने भएका छन् ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कारोलिन लीभिट ले एक विज्ञप्ति जारी गर्दै भनिन्, “शुक्रबार बिहान राष्ट्रपति ट्रम्प वाल्टर रीड मेडिकल सेन्टरमा सेनासँग भेटघाट र सम्बोधन गर्न जाने पूर्वनिर्धारित कार्यक्रम छ। त्यहीँ रहँदा, उहाँले आफ्नो नियमित वार्षिक स्वास्थ्य जाँच पनि गराउनुहुनेछ। त्यसपछि उहाँ ह्वाइट हाउस फर्कनुहुनेछ।”

लीभिटका अनुसार राष्ट्रपति ट्रम्पले उक्त कार्यक्रमपछि ‘छिट्टै मध्यपूर्वको भ्रमण’ गर्ने विचार गरिरहेका छन्। गाजामा शान्ति सम्झौताको काम टुङ्गो लगाउने प्रयासमा रहेका ट्रम्पले यसअघि नै संवाददाताहरूलाई शनिबार वा आइतबार इजिप्टको यात्राबारे सोचिरहेको बताएका थिए।

दोस्रो स्वास्थ्य जाँच र नसम्बन्धी समस्या
ह्वाइट हाउसले शुक्रबारको भ्रमणलाई ‘नियमित वार्षिक जाँच’ भने पनि यो वर्ष ट्रम्पले वाल्टर रीडमा स्वास्थ्य परीक्षण गराएको यो दोस्रो पटक हुनेछ। उहाँले यसअघि अप्रिलमा पनि जाँच गराउनुभएको थियो, जसपछि उहाँका चिकित्सकले ‘उत्कृष्ट स्वास्थ्य’ रहेको बताएका थिए।

७९ वर्षीय ट्रम्पमा त्यसयता नसा सम्बन्धी समस्या (vein condition) देखिएको छ, जुन ७० वर्षभन्दा माथिका मानिसहरूमा सामान्य मानिन्छ। लीभिटले जुलाईमा ट्रम्पमा ‘क्रोनिक भेनस इनसफिसियन्सी’ (Chronic Venous Insufficiency – CVI) पत्ता लागेको जानकारी दिएकी थिइन्। क्लिभल्यान्ड क्लिनिकका अनुसार यो अवस्थामा व्यक्तिको खुट्टाको नसालाई मुटुमा रगत पम्प गरेर फर्काउन गाह्रो हुन्छ, जसले गर्दा रगत जम्मा हुन्छ।

प्रेस सेक्रेटरीले ट्रम्पको हातमा देखिएको नील डाम (bruising) लाई धेरै पटक हात मिलाउँदा र नियमित एस्पिरिन प्रयोग गर्दा हुने ‘सानो नरम तन्तुको क्षति’ (minor soft tissue damage) का कारण भएको भन्दै डाक्टरहरूले पुष्टि गरेको सोही समयमा बताएकी थिइन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend