काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई संयुक्त अरब इमिरेट्स (युएई) को भिसा मिलेको छ। भिसा पाएपछि नेपाली टोली भोलि युएई जाने भएको छ। यो जानकारी नेपाल क्रिकेट संघ (क्यान) ले दिएको हो।
नेपालमा जेनजी आन्दोलनपछि युएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो। यसले गर्दा क्रिकेट खेलाडीहरूलाई पनि भिसा पाउन गाह्रो भएको थियो। नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र आईसीसीसँग पनि कुरा गरेको थियो।
नेपालले वेस्ट इन्डिजसँग तीनवटा टी-२० खेल खेल्नेछ। यी खेलहरू सेप्टेम्बर २७, २९ र ३० मा शारजाह क्रिकेट रंगशालामा हुनेछन्। क्यानले खेलका लागि मैदान बुक गरिसकेको छ र टिकट बिक्री पनि सुरु भइसकेको छ। यो प्रतियोगिताको सबै खर्च र व्यवस्थापन क्यानले नै गर्नेछ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend