बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अमेरिकी सिनेटरहरूको प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

अमेरिकी सिनेटरहरूको प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

69
Shares
69
Shares

अमेरिका । अमेरिकाको वैदेशिक मामिला सम्बन्धी कमिटीका दुई जना सिनेटर जिन शहिन र कृश भ्यान होलेनले नेपालमा प्रजातान्त्रिक प्रक्रियामार्फत शान्ति कायम गर्न आग्रह गरेका छन्।

बिहीबार जारी गरिएको विज्ञप्तिमा उनीहरूले हाल नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य रहेको भन्दै पीडित र उनीहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

सिनेटरहरूले भनेका छन्, “नेपालले विगत दुई दशकमा प्रजातन्त्रको अभ्यासमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यी उपलब्धिहरू नागरिकको कडा संघर्ष र योगदानबाट प्राप्त भएका हुन्, त्यसैले यसलाई जोगाउन सबैको भूमिका महत्त्वपूर्ण छ।”

विज्ञप्तिमा थप उल्लेख छ, नागरिकको विश्वास कायम राख्नका लागि नेपाल सरकारले भ्रष्टाचार नियन्त्रण, संस्थागत कमजोरी सुधार र जिम्मेवार शासन सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend