बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

नेपालमा भएको हिंसा हृदय विदारक छ : भारतीय प्रधानमन्त्री मोदी

नेपालमा भएको हिंसा हृदय विदारक छ : भारतीय प्रधानमन्त्री मोदी

79
Shares
79
Shares

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा चलिरहेको आन्दोलनका बिचमा भएका हिंसात्मक घटनामा गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन् ।

उनले आफ्नो सोसल मिडिया एकाउन्ट ‘एक्स’ मा यस्तो भनेका हुन् ।

उनले लेखे, “आज बेलुका फर्केपछि मैले सुरक्षा सम्बन्धी मन्त्रीहरूको बैठक बोलाएँ। त्यस बैठकमा नेपालमा भएका घटनाहरूबारे धेरै छलफल भयो।” उनले अगाडी भने, “नेपालमा भएको हिंसा देखेर मेरो मन दुखेको छ। धेरै युवाहरूको मृत्यु भएकोमा म अत्यन्तै दुःखी छु। नेपालको शान्ति, स्थिरता र विकास धेरै महत्त्वपुर्ण छ।”

अन्त्यमा उनले नेपाली जनतालाई सम्बोधन गर्दै भने, “मेरा नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई म शान्ति कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु।”

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend