बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अनेसासबाट २१२ औँ भानु जयन्ती, वार्षिक साधारण सभा तथा सर्वोत्कृष्ट पुस्तक पुरस्कार नतिजा घोषणा

अनेसासबाट २१२ औँ भानु जयन्ती, वार्षिक साधारण सभा तथा सर्वोत्कृष्ट पुस्तक पुरस्कार नतिजा घोषणा

436
Shares
436
Shares

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा २१२ औँ भानु जयन्ती, वार्षिक साधारण सभा तथा सर्वोत्कृष्ट पुस्तक पुरस्कार नतिजा घोषणा सम्पन्न भएको छ ।

यही जुलाई १८ का दिन संस्थाका केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा भच्र्युयल माध्यमबाट उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा केन्द्रीय कार्यसमितिको वार्षिक र आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौला, बोर्ड अफ ट्रस्टीको प्रतिवेदन बोर्डका महासचिव प्रकाश नेपाल र बोर्डका कोषाध्यक्ष नेत्रबन्धु पोखरेलबाट प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा छलफल र सहभागीहरूबाट प्राप्त सुझावपश्चात् प्रतिवेदनहरू पारित गरिएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा साहित्यकार भवानी खतिवडाबाट आदिकवि भानुभक्तले नेपाली साहित्यमा पु¥याएको विशिष्ट योगदानको बारेमा चर्चा गरिएको थियो । यसका अतिरिक्त साहित्यकार पीताम्बर दाहालबाट थप चर्चा गरिएको थियो भने भानुभक्तका खनाती सुरेन्द्रदेव आचार्य र बोर्ड अफका सदस्य प्राध्यापक धर्मराज कोइरालाबाट कविता वाचन गरिएको थियो ।

कार्यक्रमको तेस्रो सत्रमा हरेक दुई वर्षमा प्रदान गरिने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको नतिजा घोषणा गरिएको थियो । अनेसास पुरस्कार समितिका संयोजक तथा बोर्ड अफ ट्रस्टीका उपसभापति साहित्यकार तीर्थराज पाण्डेबाट पुस्तक पुरस्कारको नतिजा घोषणा गरिएको थियो । प्राप्त दुई सय बिस पुस्तकहरूमध्ये एक्काइसय अमेरिकी डलरको पुरस्कार रोशन थापा नीरवद्वारा लिखित उपन्यास सन्त्रासका साठी दिनले सर्वोत्कृष्ट पुस्तक पुरस्कार, डा. तुलसी आचार्यद्वारा लिखित स्वप्नभूीभ उपन्यासले एक हजारको होमनाथ सुवेदी डायस्पोरा बाङमय पुरस्कार, मोमिलाद्धारा लिखित निबन्ध संग्रहले एक हजार अमेरिकी डलरको सर्वोत्कृष्ट तीर्थ पाण्डे निबन्ध पुरस्कार, डा. दुर्गाबहादुर घर्तीद्वारा लिखित साँस्कतिक अध्ययनले एक हजार अमेरिकी डलरको सीता शर्मा संस्कृति तथा दर्शन सर्वोत्कृष्ट पुरस्कार, जगन्नाथ पौडेलद्वारा लिखित बग्दै बग्दै कविता संग्रहका लागि एक हजार अमेरिकी डलरको अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट डायस्पोरा काव्य पुरस्कार, कृशु क्षेत्रीद्वारा लिखित कविता संग्रह पसिनाको क्यानभासले एक हजार अमेरिकी डलरको अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार, कृष्ण कुसुमद्वारा लिखित पाश्र्वधुन कथा संग्रहले एक हजार अमेरिकी डलरको अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार प्राप्त गरेको थियो । यसै गरी अखण्ड भण्डारीद्वारा लिखित उपन्यास बोराले एक हजार अमेरिकी डलरको अनेसास नारायण पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार, लक्ष्मण सिटौलाद्वारा लिखित ध्वर्तीको ध्वनि गीति संग्रहले पाँच सय अमेरिकी डलरको अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीत पुरस्कार, विमला निरौला ढुंगानाद्धारा लिखित यात्रामा देशले पाँच सय अमेरिकी डलरको शिव लामिछाने सर्वोत्कृष्ट बाल साहित्य पुरस्कार र शशिराम कार्कीद्वारा लिखित रुकुमका लोककथाले अमेरिकी डलर पन्ध्र सय डलरको अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोक साहित्य पुरस्कार प्राप्त गरेका छन् । उक्त पुरस्कारहरू अनेसास बोर्ड अफ ट्रस्टी, प्रा.डा. गोपी उप्रेती, रोहिणी शर्मा, तीर्थराज पाण्डेय, गीता खत्री तथा रश्मि भट्ट, विश्वबहादुर शाह, पदम विश्वकर्मा, नारायण पाण्डे, पुरु तथा कल्पना सुवेदी, शिव लामिछाने तथा भीम रेग्मी र रितादेवी प्रधानबाट प्रायोजन गरिएको थियो ।

कार्यक्रममा पुरस्कार समितिका सदस्यहरू डा. विजयराज शर्मा, ईश्वरीप्रसाद भट्ट, सन्ध्या पहाडीले पुरस्कारको बारेमा मन्तव्य प्रकट गरेका थिए । कार्यक्रमको अन्तमा बोर्ड अफ ट्रस्टीका सल्लाहकार रोहिणी शर्मा, पूर्व अध्यक्ष पुरू सुवेदी, गोवर्धन पूजा, केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीका पूर्व अध्यक्ष गीता खत्री, बोर्ड अफ ट्रस्टीका पूर्व अध्यक्ष डा. श्याम कार्की, पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी र केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेले मन्तव्य प्रकट गरेका थिए । कार्यक्रम केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौला र बोर्ड अफ ट्रस्टीका महासचिव प्रकाश नेपालले सञ्चालन गरेको उक्त कार्यक्रममा केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले स्वागत मन्तव्य प्रकट गरेका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू, संस्थापकहरू, केन्द्रीय कार्यसमिति र बोर्ड अफ ट्रस्टीका पदाधिकारी र सल्लाहकारहरू, च्याप्टर अध्यक्ष र प्रतिनिधिहरू, ट्रस्टी तथा आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend