बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का मानार्थ सदस्यमा कुमार जंग कार्की र राज ढुंगाना मनोनयन

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का मानार्थ सदस्यमा कुमार जंग कार्की र राज ढुंगाना मनोनयन

215
Shares
215
Shares

कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान २००३ (२०२१ संशोधन सहित) को धारा १७.१६ बमोजिम तथा २०२५ नोभेम्बर २ गते बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को बैठकको निर्णयअनुसार दुई जना विशिष्ट व्यक्तित्वलाई परिषद्को मानार्थ सदस्य पदमा मनोनयन गरिएको छ ।

एनआरएनएले अमेरिकाको कोलोराडोमा रहेका श्री कुमार जंग कार्की र श्री राज ढुंगानालाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को मानार्थ परिषद् सदस्य पदमा मनोनयन गरिएको प्रमाणित गरेको हो । संघका अनुसार उक्त मनोनयन एनआरएनएको विधानअनुसार विधिवत् रूपमा गरिएको हो ।

प्रमाणपत्रमा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामा को हस्ताक्षर रहेको छ। दुबै प्रमाणपत्रको मिति २०२५ नोभेम्बर २९ उल्लेख गरिएको छ ।

एनआरएनएले मानार्थ सदस्यका रूपमा मनोनित दुवै व्यक्तित्वले भविष्यमा संघको उद्देश्यअनुसार विश्वभर रहेका गैरआवासीय नेपालीहरूको हकहित, एकता र सहकार्य प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend