विक्रम सम्वत २००७ सालपछि हालसम्म नेपालको राजनीति अस्थिर हुनुमा नेपाली राजनीति दलहरू दोषी देखिन्छन् । दलहरू र तिनका नेताहरू सुध्रिने लक्षण कहिले पनि देखाएनन् । जसरी हुन्छ सत्तामा जाने र रमाउने जनता र देशको चिन्ता एकरति पनि नगर्ने । जनता जनार्दन हुन्।
लोकतन्त्रमा जनता भन्दामाथि कोही हुँदैन। दलहरूले विगतमा गरेका क्रियाकलापको आधारमा नेपाली जनताले यही आउँदो फागुन २१ गते गोप्य मतबाट आफ्नो सरकार बनाउने जनप्रतिनिधि छान्दै छन् । लोकतन्त्रको सबैभन्दा कमजोरी भनेको टाउकाको महत्त्व हुन्छ गिदीको महत्त्व हुँदैन।
केही महिना अघिसम्म मिसन -८४ भन्ने गरिन्थ्यो। अहिले आएर मिसन – ८२ राजनीतिमा नेपाली जनताको घरदैलोमा प्रवेश गरिसकेको छ। अबका दिनमा समेत नेपाली जनताले पुरानै भूल गरेर पुरानै अनुहार तथा कुनै विषयवस्तु नबुझी मतदान गर्नु महाभुल गर्नेवाला छैनन् । नेपाली जनता डिजिटल युगमा प्रवेश गरिसकेका छन्। सबैभन्दा बढी भोट जेन्जी समूहको देखिएकाले डिजिटल मा रमाउने र तर्क र वितर्कको आधारमा सही र गलत छुट्टाउने जेन्जी समूहको भोट कता जान्छ उतैपट्टि पल्ला भारी हुने पक्कापक्की छ। ।
निर्वाचन लोकतन्त्रको गहना । निर्वाचन मार्फत नयाँ जनादेश आउने त पक्का भयो। अबको जनादेशमा मासु भात र जाँडरक्सीमा आफ्नो अमूल्य मत बेच्नु हुँदैन। यज्ञ सक्षम इमानदार लाई मतदान गरी देशको भविष्य सुनिश्चित गरौँ।
हामीले जाने बुझेको चाहिँ के हो भने जनतालाई प्राथमिकतामा राखेर आर्थिक विकास रोजगारी शिक्षा स्वास्थ्य सर्वसुलभ गरिबीका रेखामुनि रहेका जनतालाई विशेष सुविधा । विद्युत् खानेपानी इन्टरनेट लगायतमा सहुलियत तथा सुविधा । कक्षा १२ सम्म अनिवार्य र निःशुल्क शिक्षा आवश्यक । वृद्ध वृद्धा विधवा टुहुरा बालबालिका असहाय गरिब लगायतलाई राज्यद्वारा विशेष प्याकेज को सुविधा लगायतका विषयमा दलहरूले सोच्नुपर्ने बेला आएको छ ।
कोही पुरानै शैली पुरानै नारा पुरानै विचार सिद्धान्त ले अबका दिनमा राजनीति निकास र देशको स्थिरता पटक्कै हुँदैन। समय परिवर्तनशील छ समयअनुसार सबैले आफूलाई परिवर्तन गर्न सक्नु आवश्यक ठानिन्छ । परिवर्तन हुन नसक्नेले ठाउँ खाली गरेर नयाँ पुस्तालाई स्वागत गर्नु बुद्धिमानी हुनेछ । सत्ता भनेको कुनै कमाई खान भाँडो होइन। राजनीति सेवा हो। पेशा होइन।
छिमेकी भारत मा छोटो समयमा आर्थिक वृद्धि विकास समृद्धि सुशासन लगायतका विषयमा भारत निकै अगाडि बढेकाले भारतबाट पनि सिको सिकेर नेपालको राजनीति परिवर्तन हुनुपर्ने हो । नेपाली राजनीतिको भविष्य आउँदो फागुन २२ गतेपछि थाहा हुन्छ। अहिले सामाजिक सञ्जालमा दलहरू र तिनका नेताहरू एक आपसमा बैमानी संस्कार गलत विचार धारणा एक अर्कालाई हिलो छ्यापाछ्याप तथा गालीगलौज संस्कार पटक्कै सुहाउँदैन। दलहरू मिल्नुको विकल्प छैन। गत भदौ देश २३ र २४ गतेको ऐतिहासिक आन्दोलन को मर्म र भावनालाई दलहरूले बिर्सनु हुँदैन । जेन्जी पुस्ताको मुख्य माग भनेको सुशासन भ्रष्टाचार रहित राष्ट्र र सामाजिक सञ्जाल मा सहभागिता । तत्कालीन सरकारले सामाजिक सञ्जाल सोचविचार नगरी प्रतिबन्ध लगाएको इतिहासलाई हेर्दा तत्कालीन सरकार ताना शाही भएको प्रमाणित भइसकेको छ।
नेपाली जनताको चाहना दलहरू र तिनका नेताहरूले एक अर्कालाई गाली गलौज नगरी सद्भाव कायम गरी एक अर्कालाई सम्मान गरी निर्वाचनको माहौल सिर्जना गरेर अगाडि बढ्नु नै नेपाली जनताको कल्याण हुनेछ । जेन्जी आन्दोलनमा सहिद भएका ७५ जना होनहार युवा को आत्माले शान्ति पाउँछ जब नेपाल को चौतर्फी विकास सुशासन र भ्रष्टाचार रहित राष्ट्र बन्दछ। विधिको शासनमा विश्वास गर्ने लोकतन्त्रवादी हरू सबैले विधि मान्नुपर्दछ। विधिभन्दा ठुलो कोही पनि होइन भन्ने प्रमाण नेपाली जनतालाई दिन सक्नुपर्दछ । नेपालको भविष्य उज्जलको लागि नेपालीहरूको एकता र एकतामा बल हुन्छ भन्ने प्रमाण दलहरू र तिनका नेताहरूले देखाइदिनु आवश्यक रहेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend