बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

लेकवुड, कोलोराडोमा कोर्डलेस ड्रिलको ब्याट्री चार्जरबाट आगलागी, ५० हजार डलरको क्षति

लेकवुड, कोलोराडोमा कोर्डलेस ड्रिलको ब्याट्री चार्जरबाट आगलागी, ५० हजार डलरको क्षति

92
Shares
92
Shares

डेनभर । आइतबार लेकवुडस्थित एक अपार्टमेन्टमा कोर्डलेस ड्रिलको ब्याट्री चार्जर अत्यधिक तातिनुका कारण लागेको आगोले करिब ५० हजार डलर बराबरको क्षति पुर्‍याएको वेस्ट मेट्रो फायर रेस्क्युले जनाएको छ ।

१२ औं एवेन्यु र य्यारो स्ट्रीटका नजिक रहेको अपार्टमेन्टमा लिथियम–आयन ब्याट्री चार्ज भइरहेका बेला ‘थर्मल रनअवे’ भएको थियो । तापक्रम नियन्त्रण नहुनु वा चार्जरमा खराबी आउँदा ब्याट्री अत्यधिक तातेर वरिपरिका ज्वलनशील वस्तुमा आगो लग्ने अवस्था ‘थर्मल रनअवे’ कहलिन्छ ।

घटनास्थलमा पुगेका दमकलकर्मीहरूले दोस्रो तलाबाट धुवाँ निस्किरहेको देखे। उनीहरूले भान्साको काउन्टरमा लागेको आगो छिट्टै नियन्त्रणमा ल्याए । आगोले ठुलो क्षति पुर्‍याउनुका साथै एउटा परिवारलाई विस्थापित बनाएको फायर विभागले बताएको छ ।

लिथियम–आयन ब्याट्री धेरै साधारण उपकरणहरू—जस्तै ल्यापटप, मोबाइल फोन, इलेक्ट्रिक टुथब्रस आदि—मा प्रयोग हुने भएकाले फायर विभागले केही सुरक्षाका सुझावहरू पनि सार्वजनिक गरेको छ जस अनुसारः

निर्माता कम्पनीले दिएको निर्देशनअनुसार मात्र प्रयोग गर्नुस्।
ब्याट्रीलाई रातभर चार्जमा नछोड्नुस्।
उपकरणसँगै आएको मुल चार्जरमै चार्ज गर्नुस्।
आपतकालीन निस्कने बाटो (ढोका नजिक) मा उपकरण चार्ज वा भण्डारण नगर्नुस्।
ब्याट्रीमा क्षति, सुन्निनु, हिँस्सिने आवाज वा अचम्मको गन्ध आए सतर्क रहनुस्।
पुराना ब्याट्री सामान्य फोहोरसँग नफालेर रिसाइकलमार्फत सही तरिकाले निस्पादन गर्नुस्।

युएस इनभाइरोन्मेन्टल प्रोटेक्सन एजेन्सी (EPA) का अनुसार लिथियम–आयन ब्याट्री भएका कुनै पनि उपकरणलाई घरेलु जोखिमयुक्त फोहोर सङ्कलन केन्द्रमा लैजानुपर्छ, जसले सम्भावित आगलागी, आपतकालीीन सेवाकर्मी तथा अन्य कामदारलाई विषालु रसायनको जोखिम र वातावरणमा विषाक्त पदार्थको फैलावटबाट बचाउन मद्दत गर्छ ।

Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend