बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ट्रम्पले मिनेसोटामा रहेका सोमाली आप्रवासीका लागि अस्थायी सुरक्षा अनुमति (TPS) अन्त्य गर्ने घोषणा

ट्रम्पले मिनेसोटामा रहेका सोमाली आप्रवासीका लागि अस्थायी सुरक्षा अनुमति (TPS) अन्त्य गर्ने घोषणा

67
Shares
67
Shares

मिनेसोटा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटामा रहेका सोमाली आप्रवासीका लागि दिइएको अस्थायी कानुनी सुरक्षालाई तत्काल अन्त्य गर्ने घोषणा गरेका छन्। उनले शुक्रबार राति सामाजिक सञ्जालमार्फत उक्त घोषणा गर्दै मिनेसोटालाई “धोखाधडी र अवैध धन शोधनको केन्द्र” आरोप लगाएका छन्।

मिनेसोटामा अमेरिकाभित्रकै सबैभन्दा ठुलो सोमाली समुदाय बसोबास गर्छ । तीमध्ये धेरैजना अफ्रिकाको पुर्वी क्षेत्रको दीर्घगृहयुद्धबाट बाच्न भागेका शरणार्थी हुन्, जसलाई राज्यका सामाजिक सेवाहरूले आकर्षित गरेको थियो ।

तर ट्रम्पको निर्णयले प्रभावित हुने आप्रवासीको सङ्ख्या धेरै नहुने अनुमान गरिएको छ । अमेरिकी कङ्ग्रेसका लागि तयार गरिएको एक प्रतिवेदनले यो कार्यक्रमअन्तर्गत देशभर जम्मा ७०५ सोमाली मात्र रहेको जनाएको छ ।

सन् १९९० मा स्थापन भएको यस अस्थायी सुरक्षा कार्यक्रम (TPS) ले प्राकृतिक प्रकोप, युद्ध वा अन्य जोखिमपूर्ण अवस्थाका कारण आफ्ना देश फर्कन नसक्ने आप्रवासीलाई अस्थायी रूपमा अमेरिका बस्न र काम गर्न अनुमति दिन्छ। यो अनुमति १८–१८ महिनाको अवधिका लागि बढाइन्छ र आन्तरिक सुरक्षा मन्त्रीद्वारा अनुमोदित हुन्छ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “सोमाली ग्याङहरूले मिनेसोटाका जनतालाई आतंकित पारेका छन् र अरबौँ डलर हराएका छन्। तिनीहरूलाई आफ्नै देश फर्काइदेऊ। खेल समाप्त भयो!”

गत वर्ष चुनावी अभियानका क्रममा उनले करोडौँ अवैध आप्रवासीलाई देशनिकाला गर्ने वाचा गरेका थिए। उनको प्रशासनले आप्रवासन नीतिमा कठोरता ल्याउने प्रयाससहित विभिन्न देशका आप्रवासीलाई दिइएका कानुनी सुरक्षा कार्यक्रमहरू फिर्ता लिँदै आएको छ। यसअघि उनले राष्ट्रपति जो बाइडेनले संरक्षण दिएका झण्डै ६ लाख भेनेजुएलाली र ५ लाख हैटियन आप्रवासीका लागि पनि TPS अन्त्य गर्ने निर्णय गरेका थिए। साथै, क्युबा र सिरिया जस्ता देशका आप्रवासीका लागि दिइँदै आएका सुरक्षासमेत घटाइएको छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend