बोल्डर, कोलोराडो । युनिभर्सिटी हिल क्षेत्रको सुरक्षा बढाउँदै बोल्डर प्रहरीले मास्क लगाएको एक व्यक्तिले मध्यरातमा घरका झ्यालतिर हेरेको भिडियो सार्वजनिक भएपछि घर-घरमा पुगेर खोजतलास थालेको छ।
प्रहरीका अनुसार सो पुरुषलाई नोभेम्बर १५ मा अरोरा एभिन्यूमा देखिएको थियो । त्यसपछि नोभेम्बर १९ मा १० औं सडकमा पनि राति उस्तै मुद्रामा हिँड्दै, अनुहार लुकाउँदै र घरका झ्यालतिर हेर्दै गएको देखिएको छ ।
“यो साँच्चिकै डर लाग्दो कुरा हो । हामी सबै कलेजका विद्यार्थी हौं र कमजोर अवस्थामा छौं,” एक स्थानीय बासिन्दा क्याथरिन रोयबालले भनिन् ।
“हामी प्रायः झ्यालका पर्दा खोलेर बस्ने गर्छौं, त्यसैले अहिले प्रत्येक रात ध्यान दिन्छौं कि के अनौठो भइरहेको त छैन,” उनले भनिन् ।
शुक्रबार बिहान बोल्डर प्रहरी टोली पनि युनिभर्सिटी हिल क्षेत्रमा पुगेर बासिन्दाहरूसँग कुरा गर्दै र उनीहरूको निगरानी क्यामेरा फुटेज हेर्दै अनुसन्धान अघि बढाएको थियो । “प्रहरी निकै सतर्क छ र हामी सुरक्षित रहौं भन्नेमा उनीहरूको ध्यान छ,” रोयबालले थपिन् ।
उनकै छेउको घरमा बस्ने क्यारोलिन र आभाले पनि पहिलो पटक त्यो भिडियो देखेपछि प्रहरीलाई उपलब्ध फुटेज देखाएको बताए । “उनीहरूले हामीसँग पनि क्यामेराको दृश्य देखाउन अनुरोध गरे,” क्यारोलिनले भनिन् । “भिडियो देख्दा साँच्चिकै डर लाग्यो,” आभाले भनिन् । “हाम्रै घर वरिपरि त्यस्तो घटना भएको रहेछ, हामीसँग धेरै झ्यालहरू छन् र सुरक्षा पनि खासै छैन ।”
अनुसन्धानकर्ताहरूले यस प्रकारका घटनाहरू उक्त क्षेत्रमा प्रायः हुने गरेको जनाउँदै, यी सबै घटना परस्पर सम्बन्धित भए वा नभएको पुष्टि नभएसम्म सावधानी पुर्वक ढाँचागत रूपमा अनुसन्धान जारी राख्ने बताएका छन् ।
प्रहरीले घरका ढोका बन्द गर्न, राति पर्दा तान्न र वरिपरिका व्यक्तिहरूप्रति सतर्क रहन चेतावनी दिएको छ । सन्दिग्ध व्यक्तिलाई कालो जिन्स, टोपी, लामो बाहुलाको ह्वाइटी ज्याकेट र माथिबाट फुलप्याड ज्याकेट लगाएको अवस्थामा अन्तिम पटक देखिएको बताइएको छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend