अमेरिकाको रियल इस्टेट बजार सधैं गतिशील रहन्छ — कहिले मुल्य बढ्छ, कहिले घट्छ र कहिले स्थिर हुन्छ । घरको मुल्य कतिबेला कहिले सबैभन्दा कम (absolute bottom price) हुन्छ भन्ने कुरा कसैले पनि ठ्याक्कै भविष्यवाणी गर्न सक्दैन । घर किन्नका लागि सबैभन्दा उपयुक्त समयको पर्खाइमा रहने ग्राहकको लागि वर्षको अन्तिम तिन महिना – अक्टोबरदेखि डिसेम्बरसम्म – सुनौलो समय हो । यो समयमा बजार शान्त हुन्छ, विक्रेता र बिल्डरहरू लचिलो हुन्छन् र अवसरहरू खुला रहन्छन्। बर्षको अन्तिम ३ महिना नै किन उपयुक्त समय हो ? यो प्रश्नको उत्तर निम्न ५ कारणहरुबाट प्रस्ट हुनेछ ।
1. कम प्रतिस्पर्धा — सजिलो मोलतोल
गर्मी महिना (जुन, जुलाई, अगस्ट) मा घर खोज्ने खरिदकर्ताको भीड घटेपछि बजार अहिले अपेक्षाकृत शान्त बनेको छ। खरिदकर्ता कम भएको अवसरमा अधिक मोलतोल (maximum price negotiation)को मौका मिल्छ।यो समयमा तपाईंललाइ राम्ररी सोचेर सन्तुलित र सहि निर्णय गर्न सजिलो हुन्छ ।
२. उत्साहित विक्रेताहरू — वर्षअन्त्य अघि सम्झौता गर्न इच्छुक
धेरै विक्रेताहरू वर्षअन्त्य अघिनै आफ्नो सम्पत्ति बिक्री गर्न चाहन्छन्।त्यसैले उनीहरू मूल्य घटाउन लचिलो हुन्छन् र अफर हरु लिन इच्छुक हुन्छन्। धेरै घर मालिकहरू ‘Let’s close before the holidays’ भन्ने मनोवृत्तिमा हुन्छन्। खरिदकर्ताका लागि आफुलाइ मनपरेको घर सकेसम्म बढी मुल्य घटाएर किन्न यो उत्कृष्ट समय हो।
३. बिल्डरहरूको अफर — वर्षअन्त्य बोनस र डिस्काउन्ट
ठुला निर्माण कम्पनीहरू (जस्तै Lennar, Century, Richmond, DR Horton आदि) सार्वजनिक रूपमा सूचीबद्ध (publicly listed)कम्पनीहरू हुन् । वर्षअन्त्य अघिनै बिक्री लक्ष्य पुरा गर्न उनीहरूले rate buydown, free upgrades, move in package, closing cost credit , price reduction लगायतका आकर्षक अफर ल्याउँछन्। नयाँ निर्माण भएका घर (new construction home) मनपराउनेहरुको लागि सस्तो ब्याजदर र कममुल्यमा घर किन्ने सबैभन्दा फाइदाजनक समयनै यहि हो।
४. करका फाइदा — वर्षअन्त्य अघि किन्दा लाभ
यदि तपाईंले वर्षअन्त्य अघि आफ्नो घरको खरिद प्रक्रिया टुंग्याउनुभयो भने, तपाईंले mortgage interest deduction, insurance premium deduction र property tax deduction जस्ता कर लाभहरू लिन सक्नुहुन्छ। तर यी फाइदाहरू तपाईंको आय स्तर, ऋणको प्रकार र तपाईंले दाबी गर्ने कर कटौतीहरू (deductions) मा निर्भर गर्छन्। घरकिन्दा कसरी करबाट फाइदा लिन सकिन्छ भन्ने कुरा बुझ्न आफ्नो अकाउन्टेन्ट वा CPA सँग परामर्श गर्नुनै सबैभन्दा राम्रो हुन्छ।
५.प्रेरित विक्रेता — खरिदकर्ताका लागि सहजता
धेरै घर मालिकहरू वर्षअन्त्य र चाडपर्व अघि (before Christmas)जिम्मेवारी टुंग्याउन चाहन्छन्।त्यसैले उनीहरू सहकार्य गर्नउत्साहित र मुल्य घटाउनका लागि पनि तयार हुन्छन्। त्यसैगरी बिल्डरहरु पनि ग्राहकलाइ बढी फाइदा दिएर घर बेच्नका लागि तयार हुन्छन्।यसकारण, अक्टोबरदेखि डिस्सेम्बर सम्मको समय खरिदकर्ताको अनुकूल बजार (buyers market) भएको समय हो।
निष्कर्ष — अहिले नै हो सुनौलो मौका
वर्षअन्त्यमा बजार शान्त, विक्रेता लचिलो, र बिल्डरहरूको बोनस अफर — यी सबै कारणले गर्दा अहिलेको समय घर किन्नेका लागि सबैभन्दा राम्रो अवसर हो।यदि तपाईंले ‘कहिले राम्रो समय हो?’ भनेर सोच्नुभएको छ भने — अहिले नै हो त्यो समय! वर्षअन्त्य अघि आफ्नो सपनाको घर (dream home) अत्यधिक मोलतोल गरेर किन्न सकिन्छ।
🏠 About Realtor Bhola
Realtor Bhola (रियल्टर भोला) कोलोराडोस्थित एक अनुभवी रियल इस्टेट एजेन्ट हुन्, जो Fort Collins देखि Colorado Springs सम्मका घर खरिद–बिक्रीमा ग्राहकलाई सल्लाह, मार्गदर्शन, र सहयोग प्रदान गर्छन्। उनको आदर्श वाक्य हो “I don’t just sell homes — I guide, I advise, and I work for your best interest.”
Realtor Bhola eXp Realty मार्फत आवासीय र लगानीसम्बन्धी सम्पत्तिहरूमा विशेषज्ञता राख्छन्।
थप जानकारीका लागि:
📞 Realtor Bhola : 253-332-3420
🌐 Facebook.com/RealtorBhola
📧 bholakc@outlook.com

यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend