बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

बेपत्ता आइटी व्यवसायी सरोज शर्माको शव पुलमुनि फेला, दुई जना पक्राउ

बेपत्ता आइटी व्यवसायी सरोज शर्माको शव पुलमुनि फेला, दुई जना पक्राउ

80
Shares
80
Shares

झापा । एक सातादेखि बेपत्ता शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय आइटी व्यवसायी सरोज शर्माको शव हुलाकी राजमार्गस्थित बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ। स्थानीयको सुचनाका आधारमा प्रहरीले शनिवार बिहान कालो प्लास्टिकमा बेरिएको शव खाल्डो खनेर निकालेको हो ।

शर्मा कात्तिक ९ गते साथी भेट्न भन्दै घरबाट निस्केका थिए र त्यसपछि बेपत्ता भएका थिए। कात्तिक १३ गते चारआली–भद्रपुर सडक खण्डमा उनको कार जलेको अवस्थामा भेटिएको थियो।

प्रहरीका अनुसार शवमा ठुला चोटपटक देखिएको छैन र मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्नेछ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, जसमा एक जना पहिले पनि चोरी र लागु औषध मुद्दामा संलग्न रहेको पाइएको छ।

डिएसपी खगेन्द्रबहादुर खड्काले घटना योजनाबद्ध रूपमा भएको र प्रमाण नष्ट गर्न शव गाडेर कार जलाइएको बताए। हत्याको कारण पत्ता लगाउन झापा प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले संयुक्त अनुसन्धान सुरु गरेका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend