सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

डेनभर अन्तर्राष्ट्रिय विमानस्थल (DIA) मा नेपाली समुदायको संस्कृति झल्काउने प्रदर्शनी सुरु

डेनभर अन्तर्राष्ट्रिय विमानस्थल (DIA) मा नेपाली समुदायको संस्कृति झल्काउने प्रदर्शनी सुरु

207
Shares
207
Shares

डेनभर । अमेरिकाको कोलोराडो राज्यस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थल (DIA) मा एसियन अमेरिकन तथा प्यासिफिक आइल्याण्डर (AAPI) हेरिटेज मन्थ अर्थात् महिनाको अवसरमा नेपाली समुदायको संस्कृति र पहिचान झल्काउने विशेष प्रदर्शनी सुरु गरिएको छ ।

“हेरिटेज इन मोशन” नाम दिइएको उक्त प्रदर्शनीमार्फत हिमालयदेखि रकी पर्वतसम्म नेपाली संस्कृतिको यात्रा र प्रभावलाई प्रस्तुत गरिएको छ । प्रदर्शनीमा ३० भन्दा बढी सांस्कृतिक सामग्री, परम्परागत वस्तु तथा नेपाली समुदायको इतिहास र पहिचानसँग सम्बन्धित सामग्री राखिएको छ ।

प्रदर्शनीले नेपालबाट अमेरिका पुगेको नेपाली समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा र जीवनशैलीलाई कसरी पुस्तान्तरण गर्दै जोगाइरहेको छ भन्ने विषयलाई मुख्य रूपमा उजागर गरेको छ । यसमा नेपाली कला, पोसाक, हस्तकला, धार्मिक तथा सांस्कृतिक परम्परासँग सम्बन्धित वस्तु समावेश गरिएको जनाइएको छ ।

डेनभर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सक्रिय सहभागितामा तयार गरिएको यो प्रदर्शनीले नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउने अवसर प्रदान गरेको छ । अमेरिकाको चौथो ठुलो विमानस्थल डेनभर अन्तर्राष्ट्रिय बिमानस्थल (DIA) जस्तो विश्वभरका यात्रु आवतजावत गर्ने स्थानमा नेपाली पहिचान प्रस्तुत हुनु समुदायका लागि गर्वको विषय बनेको छ ।

प्रदर्शनी डेनभर अन्तर्राष्ट्रिय विमानस्थलको कन्कोर्स ‘सी’ अर्थात् गेट सिको माथिल्लो तहमा राखिएको छ। एस्कलेटरबाट माथि जाँदा यो देखिन्छ दोस्रो तलामा । यो आगामी अगस्ट १०, २०२६ सम्म सर्वसाधारणका लागि अवलोकन गर्न खुला रहनेछ ।

AAPI हेरिटेज महिना (मन्थ) हरेक वर्ष मे महिनामा मनाइन्छ । यस अवसरमा अमेरिकाभर विभिन्न एशियाली तथा प्यासिफिक समुदायको इतिहास, योगदान र सांस्कृतिक विविधतालाई सम्मान गर्दै विभिन्न कार्यक्रम आयोजना गरिन्छ । नेपाली समुदायको सहभागितासहितको “हेरिटेज इन मोशन” प्रदर्शनीलाई पनि यही अभियानअन्तर्गत महत्वपुर्ण सांस्कृतिक पहलका रूपमा हेरिएको छ ।

  • प्रतिक्रिया दिनुहोस

    शैलेश पोखरेल का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend