कोलोराडो । नेपाली साहित्य र कलाका धरोहर, वरिष्ठ साहित्यकार एवं चित्रकार लैंनसिंह बाङ्देलको चित्रकला प्रदर्शनी कोलोराडोमा हुने भएको छ। कोलोराडोको डेनभरस्थित इम्यानुयल आर्ट ग्यालरीमा सेप्टेम्बर २५, २०२५ देखि उहाँको चित्रकला प्रदर्शनी आयोजना गरिने भएको हो ।
नेपालमा आधुनिक चित्रकलाका अग्रज मानिने बाङ्देलका चित्रहरूले नेपाली कलालाई नयाँ उचाइ दिएका छन्। उहाँका चित्रमा नेपाली संस्कृति, जनजीवन र प्रकृतिलाई सुक्ष्म ढंगले प्रस्तुत गरिएको हुन्छ ।
प्रदर्शनीमा बाङ्देलका विभिन्न समयमा कोरिएका चित्रहरू समावेश गरिने बताइएको छ। यस प्रदर्शनीले कोलोराडोमा रहेका नेपाली समुदाय र कला प्रेमीहरूलाई एकै ठाउँमा ल्याउने र नेपाली कलाको महत्वबारे जानकारी दिने अपेक्षा गरिएको छ ।
आयोजकहरूले सबैलाई उपस्थित भई उहाँको कलाकृति अवलोकन गर्न र उहाँप्रति श्रद्धा प्रकट गर्न अनुरोध गरेका छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend