बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अमेरिकाबाट ३०० कोरियाली कामदार कोरिया डिपोर्ट

अमेरिकाबाट ३०० कोरियाली कामदार कोरिया डिपोर्ट

46
Shares
46
Shares

अमेरिका । अमेरिकामा अवैध रूपमा काम गर्दै गरेको आरोपमा पक्राउ परेका ३०० भन्दा बढी दक्षिण कोरियाली कामदारहरू स्वदेश फर्किएका (डिपोर्ट) छन् । उनीहरूको स्वागत कोरियाको एयरपोर्टमा धेरै खुशीयाली वातावरणमा भयो ।

यी कामदारहरूलाई सेप्टेम्बर ४ मा जर्जियामा हुण्डाई र एलजीको ब्याट्री फ्याक्ट्री निर्माणाधीन साइटमा अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मारेर पक्राउ गरेका थिए । कामदारहरूले पक्राउको समयका कठोर अनुभवहरू साझा गरे । तर अहिले घर फर्केपछि उनीहरू अत्यन्तै खुसी छन् ।

यस घटनाले दक्षिण कोरिया र अमेरिकाबिच कुटनीतिक तनाव बढाएको छ । दक्षिण कोरियामा अमेरिकी कारबाहीको आलोचना भएको छ । कोरियाली कम्पनीहरूले अमेरिकामा लगानी गर्दा भिसा सम्बन्धित समस्याहरू भोगिरहेका छन् । यसले गर्दा उनीहरूको काममा ढिलाइ हुन सक्ने बताइन्छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend