कोलोराडो । अमेरिकाको एक सङ्घीय पुनरावेदन अदालतले नेपाल, निकारागुआ र होन्डुरसका नागरिकहरूले पाइरहेको अस्थायी संरक्षित स्थिति (टीपीएस) सुविधा खारेज गर्ने फैसलालाई हटाउने बाटो खोलेको छ।
सीबीएस न्युजका अनुसार अमेरिकामा रहेका यी तीन देशका करिब ६०,००० भन्दा बढी व्यक्तिहरूले अहिलेको टीपीएस सुविधा गुमाउने र देश निकाला हुने खतरा बढेको छ ।
यो फैसला अमेरिकाको सर्किट अदालतले लिएको हो । यसअघि, एउटा तल्लो अदालतले ती तीन देशको टीपीएस खारेज नगर्ने आदेश दिएको थियो। तल्लो अदालतको विचारमा, ट्रम्प सरकारले गरेको टीपीएस खारेजीको निर्णय जातीय पक्षपातपूर्ण थियो ।
तर अब सर्किट अदालतले तल्लो अदालतको त्यो रोकाटलाई आफैं रोकिदिएकोले, टीपीएस खारेज गर्ने कार्यवाही अघि बढ्न सक्ने देखिन्छ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend