कोलोराडो, अमेरिका – प्रख्यात गायिका रिमा गुरुङ होडाको एकल साङ्गीतिक कार्यक्रम कोलोराडो राज्यमा गत शनिवार आयोजना गरिएको थियो, जुन दर्शकहरूको उत्साहपुर्ण सहभागितामा सफलतापुर्वक सम्पन्न भयो । यस कार्यक्रममा उनले आफ्ना मधुर स्वरहरूले सहभागीहरूलाई मन्त्रमुग्ध पारेकी थिइन् ।
कार्यक्रमको साङ्गीतिक पृष्ठभूमि उत्कृष्ट वाद्यवादनकला देखिएको थियो । वाद्यवादनमा निर्मल होडा र नित्यग्य होडा श्रेष्ठले आफ्नो प्रवीणता देखाएका थिए भने पियानो वादक प्रज्वल लामाले आफ्नो मधुर प्रविधिले गीतहरूलाई अर्को नै रूप दिएका थिए । बाँसुरी वादक सर्बजित राईले आफ्नो सुरीले बजाएका धुनहरूले श्रोताहरूलाई भावविभोर बनाएका थिए । गिटार वादक सुमित महर्जनले आफ्नो तालमा ताल मिलाएर गीतहरूलाई जीवन्त बनाए भने तबला वादक सुरेन्द्र महर्जनले आफ्नो तालबद्ध प्रस्तुतिले कार्यक्रमलाई चाखलाग्दो बनाएका थिए ।
यस प्रकारले, रिमा होडा र उनको साङ्गीतिक दलले प्रस्तुत गरेको यो कार्यक्रमले नेपाली सांस्कृतिक कलालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेलेको छ । कार्यक्रममा उपस्थित दर्शकहरूले यसलाई गरेको प्रशंसाले कार्यक्रमको सफलतालाई अझ बढाएको छ ।
आफ्नो सोशल मिडियामा रिमाले भनेकी छिन् – “म आदरणीय कलाकार दीपेश किशोर भट्टराई, भरत सिटौला, सन्तोष लामा, शशी रावल र मेरो प्यारी दिदी उषा किरण अधिकारीलाई हार्दिक धन्यवाद दिन चाहन्छु, जो मेरो पहिलो एकल गितमा आउनुभयो र आशीर्वाद दिनुभयो । तपाईहरू मेरा विशेष अतिथि बन्नुभयो, धन्यवाद !”
यसरी, उनको यो एकल कार्यक्रमले नेपाली सङ्गीतको गौरव विश्वभर फैलाउन मद्दत गरेको छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend